गान्तोक : गेजिङदेखि गान्तोकतर्फ जाने डेली सर्भिस वाहन आज बिहान गेजिङ 7 माइल नजिक लोअर क्योङ्सामा सडकबाट लगभग 50 फिट तल झर्दा एकजनाको मृत्यु भएको छ। मृतक अन्जु लेप्चा (19)-को रूपमा चिन्हित गरिएको छ। दुर्घटनामा घाइते भएका 8 जना यात्रुहरूलाई उद्धार गरेर गेजिङ जिल्ला अस्पतालमा लगे तापनि तिनीहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेकोले गर्दा तिनलाई एसटीएनएम गान्तोकमा रेफर गरिदिएको छ।