गोजमुमो बिमल खेमाको पानीघट्टा शाखा कमिटी गठन

मिरिक : गोजमुमो बिमल गुरूङ खेमाको एउटा जरूरी सभा पानीघट्टा बगान प्राथमिक पाठशाला भवनमा सुकना पानीघट्टा समष्टि एकको सभापति रमेश श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भयो। सभामा गोजमुमो अध्यक्ष बिमल गुरुङ पहाड आउने विषयमाथि चर्चा-परिचर्चा गरियो। अध्यक्ष गुरुङको आगमनलाई पानीघट्टा तराईवासीले भव्य स्वागत गर्ने सभामा निर्णय लिइयो। सभामा पानीघट्टा गोजमुमो एकलाई शक्तिशाली बनाउन सर्वसम्मतिद्वारा पानीघट्टा शाखा गठन गरियो। उक्त शाखामा सभापति कुमार खवास, उपसभापति प्रकाश तामाङ, प्रदीप प्रधान र राजकुमार लोहार, सचिव प्रकाश मोथे, सह सचिव सुवास छेत्री,  नरेश छेत्री र शरण थापा, कोषाध्यक्ष गोरे तामाङलाई चयन गरियो। यसैगरी, गोजमुमो पानीघट्टा शाखा को-अर्डिनेटरमा हिरण लोहार र प्रचार प्रसार सचिव किरण रसाईली, प्रमुख सल्लाहकार कञ्चन छेत्री, दिवाकर छेत्री, दिवस तामाङ, शिव भुजेल, लक्ष्यमान छेत्री, महेन्द्र छेत्री, सजन दुलाल र राजेन सिञ्चुरी लगायत मोठ 21 जनाको कार्यकारिणी सदस्यहरू रहेको शाखा कमिटी तयार गरेको प्रचार सचिव किरण रसाइलीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *