दार्जिलिङ : अन्ततः सबैको अड्कल-आशंकालाई पूर्ण विराम लगाउँदै गोजमुमो बिमल खेमाले पहाडको तीनवटा विधानसभा आसन दार्जिलिङ, खरसाङ र कालेबुङको लागि आज आफ्नै पार्टीका उम्मेद्वारहरूको नाम घोषणा गर्यो। दार्जिलिङको मालेधुरास्थित पार्टी कार्यालयमा आयोजित एउटा सभामा पार्टी अध्यक्ष बिमल गुरूङले आफ्न दलका प्रार्थीहरूको नाम घोषणा गरे। तिनले गरेको घोषणा अनुसार गोजमुमो बिमल खेमाका उम्मेद्वारहरू दार्जिलिङबाट पीटी ओला, खरसाङबाट नर्बुजी लामा र कालेबुङबाट डा. राम भुजेल सामेल छन्। पार्टीका यी तीन आसनका प्रार्थीहरूमध्ये दार्जिलिङ आसनका पीटी ओला र खरसाङ आसनका नर्बुजी लामालाई अध्यक्ष बिमल गुरूङले नेपाली टोपी अनि खदा लगाइदिएर चुनाउको लागि शुभकामना दिँदै पार्टीको टिकट प्रदान गरे भने कालेबुङका प्रार्थी डा. राम भुजेल कतिपय अति आवश्यक काम परेकोले कोलकाता गएको हुनाले टिकट वितरणको समय तिनी अनुपस्थित थिए। यस अवसरमा पार्टीका महासचिव रोशन गिरीले 34 बुँदे पार्टीको चुनावी घोषणा पत्र पनि पढेर सार्वजनिक गरे। सभालाई पार्टी अध्यक्ष बिमल गुरूङले सम्बोधन गर्दै दार्जिलिङ पहाडको जनताको हित अनि भावी सन्तानको उज्ज्वल भविष्यलाई सम्झेर नै आज यी आफ्ना पार्टीका उम्मेद्वारहरू चयन गरेको बताए। तिनले उम्मेद्वारहरूको सूची सार्वजनिक गर्न अगावै सबै आफ्ना पार्टीका कार्यकर्ताहरूलाई पार्टीले लिएको निर्णयलाई शिरोपर गरेर आ-आफ्नो क्षेत्रका प्रार्थीहरूलाई विपुल मतले जिताउने आहवान पनि गरे। यस अवसरमा तिनले भाजपाको खोइरो खन्दै दार्जिलिङ पहाडप्रति भाजपाको राम्रो सोँच नरहेको दावी गर्दै आज भाजपाले पहाडको तीन आसनमा आफ्नै पार्टीको तर्फबाट उम्मेद्वार घोषणा गरेको कुरा अवगत गराए। भाजपाको गठबन्धनमा रहेको गोरामुमो र क्रामाकपा जस्ता क्षेत्रीय दलहरूलाई भाजपाले कुनै महत्व नदिएको कुरा उक्त निर्णयले स्पष्ट भएको बताउँदै गोरामुमो र क्रामाकपालाई हामी सबै मिलेर पहाडको क्षेत्रीय दलहरूलाई बचाऊँ भनी गुरूङले आहवान गरे। तिनले भाजपाको पहाडमा कुनै अस्तित्व नरहेको दावी गर्दै आफ्नै पार्टीका पूर्व नेताहरूलाई नै भाजपाले खरसाङ, कालेबुङबाट प्रार्थीको रूपमा घोषणा गरेको बताए। तिनले पहाडको यी तीनै आसनमा गोजमुमो प्रार्थीको जीत निश्चित रहेको पनि बताए।
गोजमुमो बिमल खेमाले घोषणा गर्यो तीन आसनका प्रार्थीहरूको नाम

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
