गोजमुमो बिमलखेमा नागरी फार्म शाखाको सभा सम्पन्न

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी फार्म शाखाको सभा संयोजक धिरज खवासको अध्यक्षतामा सम्पन्न भयो। महेश खवासले सञ्चालन गरेको सभामा पार्टीको साङ्गठनिक विविध विषयसँगै अध्यक्ष बिमल गुरूङको हात सशक्त बनाउनेबारे चर्चा-परिचर्चा गरियो। सभामा दिल्ली शाखाबाट महेन्द तामाङको विशेष उपस्थिति रहेको थियो। यसैबीच कतिपय कारणले विनय खेमामा रहेका  प्रमोद राई, योगेश राई, मनोज प्रधान, आनन्द राई आदिले गोजमुमो विनय खेमा पार्टी त्यागेर बिमल खेमामा सामेल भएका छन्। ती सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *