गोजमुमो विनय खेमाको खरसाङमा घर दैलो अभियान

खरसाङ :  बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीका सदस्यहरूले खरसाङ बजारमा चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 मा बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा घर पसौं अभियान गर्दै चुनाउ प्रचार गरे। घर दैलोमा गएर चुनाउ प्रचार गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै टाउन कमिटी नारी मोर्चाका सांगठनिक सचिव सुष्मा सुब्बाले यसबारे जानकारी दिएकी छन्। तिनले बताएअनुसार आज खरसाङको वार्ड नम्बर 20 -मा चुनाउ प्रचार गरियो भने जनताबाट राम्रो रेस्पोन्स प्राप्त भएको तिनले बताइन्।


यस अवसरमा नारी मोर्चाका खरसाङ टाउन कमिटीका सभापति शकुन लामा, उप सभापति देविका प्रधान र पूजा गुरूङ, सचिव शोभा छेत्री, सांगठनिक सचिव सुष्मा सुब्बा, सांगठनिक सचिव प्रनिता लामा प्रधान, गोजमुमो टाउन कमिटीका सांगठनिक सचिव देबु गुरुङ, उप सभापति बिक्रम छेत्री कार्यकारी सदस्य शुभम रुम्बा  लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *