खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे- महानदी समष्टि अन्तर्गत विभिन्न बुथहरूमा बिनयपन्थी गोजमुमोको चुनावी सभा र बुथ स्तरीय कमिटीहरू गठन कार्य जारी छ। यसै क्रममा आज खरसाङको घैयाबारीमा रहेको दुईवटा बुथहरूमा चुनावी सभाहरू सम्पन्न भएको छ। घैयाबारीको बुथ नम्बर 252 मा भूतपूर्व सैनिक हेमराज गुरुङको अध्यक्षता र बुथ सचिव शंकु खवासको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिका सचिव निमा लेप्चा, खरसाङ महकुमाको चुनाउ को-अर्डिनेटर मोहन लामा, तीनधारे- महानदी समष्टि चुनाउ कमिटीको चिफ् को-अर्डिनेटर राजीव थापा आदिले वक्तव्य राखेका थिए। उक्त सभामा घैयाबारीको बुथ नम्बर 252 को लागि चुनाउ कमिटी गठन गरियो। उक्त चुनाउ कमिटीको को-अर्डिनेटर वाङ्दी लामा, सह को-अर्डिनेटर सुवास गुरुङ र शंकु खवास, प्रचार प्रसार सचिव उदय छेत्री, कोषाध्यक्ष मदन प्रधान लगायत अन्यहरू चयन गरिएको छ। त्यसरी नै, घैयाबारीको बुथ नम्बर 253 मा बुथ सभापति महेश छेत्रीको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा माध्यमिक शिक्षक संगठनको खरसाङ महकुमा समितिको सचिव निमा लेप्चा गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव एवम् तीनधारे- महानदी समष्टी चुनाउ कमिटीको चिफ् को-अर्डिनेटर राजीव थापा, भूतपूर्व सैनिक संगठनबाट अर्जुन योञ्जन र खरसाङ महकुमा चुनाउ कमिटीको को-अर्डिनेटर मोहन लामा आदिले वक्तव्य राखे। आजको चुनावी सभा र बुथ स्तरीय कमिटी गठन कार्यमा तीनधारे- महानदी समष्टीको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, उप सभापति राजु लामा, सचिव सञ्जीव लामा, साङ्गठनिक सचिव उत्तम छेत्री, युवा मोर्चाका समष्टी सभापति केवल राई, युवा मोर्चाका खरसाङ महकुमा समितिको सदस्य अनिल राई, नारी मोर्चाका कुसुम प्रधान, भूतपूर्व सैनिक संगठनबाट मणिकुमार छेत्री लगायत अन्यहरू उपस्थित थिए।
गोजमुमो विनय खेमाको खरसाङ घैयाबारीमा रहेको दुईवटा बुथहरूमा चुनावी सभा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
