मिरिक : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा मिरिक छोटा टिङलिङ शाखाको चुनावी सभा आज स्थानीय समाज भवनमा शाखा अध्यक्ष केपी शर्माको अध्यक्षतामा अनि चुनाउ समिति सौरेनी समष्टिका प्रतिनिधिद्वय किरण राई र दुर्गा नारायण प्रधानको बिशेष उपस्थितिमा सम्पन्न भयो। सभामा बुथ संख्या 24/159 को छोटाटिङलिङ शाखाको बुथ समिति गठन गरियो। उपस्थित सबैले हाम्रा योग्य प्रार्थी गुरुमा छिरिङ दाहाललाई विपुल मतले बिजयी गराउने प्रतिबद्धता जाहेर गरे। सभामा किरण राईले आउँदो विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिमा एकजना योग्य प्रार्थी तथा गरीब र निमुखाको हक हितको निम्ति बोलिदिने अनि शिक्षितहरुको रोजगारीको निम्ति निरन्तर आवाज उठाउने सशक्त नेत्री छिरिङ दाहालको कोही विकल्प छैन भन्दै तिनलाई बहुमूल्य मत दिएर बिजयी गराउने आह्वान गरे। आजको सभामा एउटा चुनाउ समिति गठन गरियो, जसमा अध्यक्ष केपी शर्मा, उपाध्यक्ष सीएल प्रधान र दीपक भुजेल, सचिव बिकास लेप्चा, सह सचिव अभिषेक थापा र प्रतिक खवास, कोषाध्यक्ष सञ्जिला घले, सुशिला राई लेप्चा, साङ्गठनिक सचिव सनोज भुजेल, प्रचार प्रसार सचिव रबिन्द्र शर्मा र रामकृष्ण छेत्री लगायत 40 जनाको कार्यकारिणी समिति गठन गरियो। बिकास लेप्चाले सञ्चालन गरेको सभालाई केपी शर्मा, दुर्गा नारायण प्रधान, रबिन्द्र शर्मा आदिले सम्बोन्धन गरे।
गोजमुमो छोटाटिङलिङ शाखा बुथ समिति गठन

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
