गोजमुमो छोटाटिङलिङ शाखा बुथ समिति गठन

मिरिक : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा मिरिक छोटा टिङलिङ शाखाको चुनावी सभा आज स्थानीय समाज भवनमा शाखा अध्यक्ष केपी शर्माको अध्यक्षतामा अनि चुनाउ समिति सौरेनी समष्टिका प्रतिनिधिद्वय किरण राई र दुर्गा नारायण प्रधानको बिशेष उपस्थितिमा सम्पन्न भयो। सभामा बुथ संख्या 24/159 को छोटाटिङलिङ शाखाको बुथ समिति गठन गरियो। उपस्थित सबैले हाम्रा योग्य प्रार्थी गुरुमा छिरिङ दाहाललाई विपुल मतले बिजयी गराउने प्रतिबद्धता जाहेर गरे। सभामा किरण राईले आउँदो विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिमा एकजना योग्य प्रार्थी तथा गरीब र निमुखाको हक हितको निम्ति बोलिदिने अनि शिक्षितहरुको रोजगारीको निम्ति निरन्तर आवाज उठाउने सशक्त नेत्री छिरिङ दाहालको कोही विकल्प छैन भन्दै तिनलाई बहुमूल्य मत दिएर बिजयी गराउने आह्वान गरे। आजको सभामा एउटा चुनाउ समिति गठन गरियो, जसमा अध्यक्ष केपी शर्मा, उपाध्यक्ष सीएल प्रधान र दीपक भुजेल, सचिव बिकास लेप्चा, सह सचिव अभिषेक थापा र प्रतिक खवास, कोषाध्यक्ष सञ्जिला घले, सुशिला राई लेप्चा, साङ्गठनिक सचिव सनोज भुजेल, प्रचार प्रसार सचिव रबिन्द्र शर्मा र रामकृष्ण छेत्री लगायत 40 जनाको कार्यकारिणी समिति गठन गरियो। बिकास लेप्चाले सञ्चालन गरेको सभालाई केपी शर्मा, दुर्गा नारायण प्रधान, रबिन्द्र शर्मा आदिले सम्बोन्धन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *