गोजमुमो कालेबुङको सिल्लारी गाउँ प्रशाखा गठन

कालेबुङ: कालेबुङ जिल्लाको 39 नम्बर समष्टि काश्येम-सिल्लारी गाउँमा सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चा अनि युवा मोर्चा बिमल खेमाको प्रशाखा गठन गरियो। सभामा 39 नम्बर समष्टि संयोजक गोपाल रुचाल, 39 नम्बर युवा संयोजक तथा विद्यार्थी मोर्चा केन्द्रीय सचिव भुषण तामाङ, 40 नम्बर समष्टि अध्यक्ष बिनोद प्रधान, युवा मोर्चा संयोजक सेसे भुटिया, जुस्लो नेता मणी कुमार राई लगायत पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सभामा वक्ताहरूले यहाँ पार्टीको प्रशाखा गठन गर्नुको मुख्य उद्देश्य पार्टी अध्यक्ष बिमल गुरुङले लिएको समय सापेक्ष निर्णयलाई स्वागत गर्दै अध्यक्षसहित बिस्थापित भएका गोर्खाल्याण्डका योद्धाहरुलाई भव्य स्वागत गर्न साथै पार्टीको सांगठानिक विस्तार गर्नु रहेको बताए। यस अवसरमा गोजमुमो प्यारेन्ट्स बडी अनि युवा मोर्चा प्रशाखा गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *