गोजमुमो खरसाङ महकुमा समितिको कोलकातामा सभा

सिलगढी: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको सांगठानिक सभा आज कोलकातामा गरियो। सभामा लगभग तीन बर्षदेखि विस्थापित भएका गोजमुमो बिमल खेमा खरसाङका अन्दोलनकारीहरु अनि महकुमा समितिका प्रतिनिधिहरू माझ धेरै चर्चा परिचर्चा गरिएको बताइएको छ। खरसाङ महकुमा अध्यक्ष प्रदीप मगरको अध्यक्षातामा सम्पन्न भएको सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने सबै समष्टिका संगठानिक गतिविधि तथा वर्तमान अवस्था बारेमा पनि छलफल गरियो। रोहन राईद्वारा सञ्चालित यस सभामा विशेष गरेर पार्टी अध्यक्ष बिमल गुरुङ अनि विस्थापितहरुको आगमनमा स्वागत कार्यक्रम गरिने विषयलाई प्रमुखता दिनको साथै यसबारे सर-सल्लाह पनि गरियो। सभामा महकुमा नेतृत्वहरु सुरज छेत्री, शान्ती राई, सत्यवन छेत्री, सोनम लामा,दिपेन्द्र निरौला,सरन देवान अनि विस्थापित पक्षबाट निश्चल राई, समीर सुब्बा,अनमोल थापा,संजीब सुवेदीले आ-आफ्नो वक्तव्य राखेको पार्टी सूत्रले जनाएको छ। यस अवसरमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति उपाध्यक्ष विशाल छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *