गोजमुमो रेलिङ कैजले समष्टि बिमल खेमाको सभा

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा रेलिङ कैजले समष्टिको सांगठनिक सभा झेपी सुम्बुक शाखा अधीनस्थ सुम्बुक सार्वजनिक भवनमा आज सम्पन्न भयो। जयन्त सुब्बाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रिय उपाध्यक्ष आरपी वाईबा, युवा मोर्चा कार्यकारिणी सभापति नोमन राई, केन्द्रिय समिति सदस्य शरण लामा, सांगठनिक सचिव मणि गुरुङ, नारी मोर्चा केन्द्रिय समिति सदस्य शशी डोमा राई, महकुमा सभानेत्री मन्जुला तामाङ, रिम्बिक लोधोमा संयोजक भक्त दिलपाली, पुल बिजनबारी गोक समष्टि संयोजक विनय सुब्बा लगायत समष्टिभरिका पार्टी समर्थकहरूको विशेष उपस्थिति रहेको थियो।


शशी डोमा राइले स्वागत मन्तव्यको साथमा शुरुआत गरेको सभामा केन्द्रिय उपाध्यक्ष वाईबाले बिमल गुरुङ तथा तिनको गोर्खाहरूप्रतिको महत्वबारे बताए। केन्द्रिय सदस्य शरण लामाले अध्यक्ष बिमल गुरुङले लिएको निर्णय ऐतिहासिक रहेको तथा तिनले राज्य सरकारसँग गरेको सम्झौता सम्पूर्ण गोर्खा जातिको हितको निम्ति रहेको बताए। विनयपन्थी गोजमुमोले शान्तिको नाममा पहाडमा अशान्ति गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष बिमल गुरुङ दार्जिलिङ फर्किआउने खबरले तिनीहरू अशान्त भएको शरण लामाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *