गोजनामो सुके मानेभञ्ज्याङ समष्टिको सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति नारी मोर्चा (विनय-अनित खेमा) सुके मानेभञ्ज्याङ समष्टिको सभा युवक सङ्घ सार्वजनिक भवन सुकेपोखरीमा आज सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै वक्ताहरूले समष्टि तथा ब्लक कमिटी सुदृढ़ीकरणबारे प्रभावशाली मन्तव्य राखे भने आगामी विधानसभा चुनाउमा गोजमुमो पार्टीले दिएको उम्मेद्वारलाई शत प्रतिशत विजयी बनाउन कटिबद्ध गरेको अड़ान स्पष्ट पारे।


गोजमुमो समष्टि अध्यक्ष बुद्ध तामाङ, को-अर्डिनेशन कमिटी अध्यक्ष उदय देवान, नारी मोर्चा महकुमा समिति प्रमुख तथा अन्यको प्रमुख उपस्थितिमा सम्पन्न सभामा समष्टि तथा यस अन्तर्गत रहेको ब्लक कमिटीको नारी मोर्चा, युवा मोर्चा पदाधिकारी साथै प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *