बिजनबारी : गोर्खा जनमुक्ति युवा मोर्चा टकभर समष्टिको एउटा प्रतिनिधि टोलीले हालै देशको विभिन्न ठाउँहरूबाट गाउँमा फर्केर आएपछि होम क्वारेन्टाइनमा बसेका सिङ्ला चियाबगानको तीनवटा शाखाका विभिन्न गाउँका मानिसहरूसँग भेट गर्यो। समष्टि हेल्प डेक्सका प्रतिनिधि अनिल रसाइलीको नेतृत्वमा गएका उक्त टोलीले शाखाको १३ जना व्यक्तिहरूसँग कुराकानी गर्नको साथै सहयोग समेत पुर्याएको बताइएको छ।