दार्जिलिङ (निसं): गोरामुमो चुङथुङ मेरिबुङ समष्टि अध्यक्ष जेके राईको अध्यक्षतामा सम्पन्न साङ्गठनिक सभामा एचपीडब्ल्यु केन्द्रीय समिति सचिव धिरज राई, समष्टि गोरानासं अध्यक्षा मन्दिरा थापा, समष्टि प्रतिनिधिहरू, भ्रातृ संगठनको प्रतिनिधिगण लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सभापछि जानकारी गराउँदै समष्टि गोरायुमो अध्यक्ष सुनिल राईले भने, गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै साङ्गठनिक विस्तारको निम्ति पुरानो समष्टि कमिटीलाई केही फेरबदल गरेर नयाँ सदस्यहरु चयन गरिएको छ। समष्टिले अब शाखा-प्रशाखाहरूको साङ्गठनिक विस्तारलाई केन्द्रित गर्दै आगामी 27 फरवरीको दिन समष्टि कमिटी गोरानासं, गोरायुमो पुनर्गठन गर्ने सभाले प्रस्ताव पारित गरेको छ। गोर्खा जातिको मुद्दा पार नलागे सम्म अब समष्टिलाई बलियो बनाएर अघि बढाउँदै लैजाने बताइएको छ। सुनिल राईले भने, गोरामुमोले निरन्तर आफ्नो कार्य गरिरहेको छ। अब गोर्खा जातिको आङमा न्यायो घाम लाग्नेबारे हामी आश्वस्त छौ।
गोरामुमो चुङथुङ मेरिबुङ समष्टिको सभा सम्पन्न

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
