गोरामुमो चुङथुङ मेरिबुङ समष्टिको सभा सम्पन्न

दार्जिलिङ (निसं): गोरामुमो चुङथुङ मेरिबुङ समष्टि अध्यक्ष जेके राईको अध्यक्षतामा सम्पन्न साङ्गठनिक सभामा एचपीडब्ल्यु केन्द्रीय समिति सचिव धिरज राई, समष्टि गोरानासं अध्यक्षा मन्दिरा थापा, समष्टि प्रतिनिधिहरू, भ्रातृ संगठनको प्रतिनिधिगण लगायत गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। सभापछि जानकारी गराउँदै समष्टि गोरायुमो अध्यक्ष सुनिल राईले भने, गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै साङ्गठनिक विस्तारको निम्ति पुरानो समष्टि कमिटीलाई केही फेरबदल गरेर नयाँ सदस्यहरु चयन गरिएको छ। समष्टिले अब शाखा-प्रशाखाहरूको साङ्गठनिक विस्तारलाई केन्द्रित गर्दै आगामी 27 फरवरीको दिन समष्टि कमिटी गोरानासं, गोरायुमो पुनर्गठन गर्ने सभाले प्रस्ताव पारित गरेको छ। गोर्खा जातिको मुद्दा पार नलागे सम्म अब समष्टिलाई बलियो बनाएर अघि बढाउँदै लैजाने बताइएको छ। सुनिल राईले भने, गोरामुमोले निरन्तर आफ्नो कार्य गरिरहेको छ। अब गोर्खा जातिको आङमा न्यायो घाम लाग्नेबारे हामी आश्वस्त छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *