मिरिक (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो साङ्गठनिक विस्तारलाई तिव्रता दिँदै दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा शाखा-प्रशाखा गठन कार्य चलिरहेको पार्टी सूत्रले जनाएको छ। यसैक्रममा मिरिक ब्राञ्च कमिटी अन्तर्गत सौरेनी पानीघट्टा समष्टिको साङ्गठनिक विस्तारलाई तिव्रता दिन टिङलिङमा सभा बस्यो । समष्टि अध्यक्ष कर्ण प्रधानको अध्यक्षतामा बसेको सभामा समष्टि सचिव दिपक गजमेर, मिरिक ब्लक समिति सचिव सुजित तामाङ, एचपीडब्ल्यु मिरिक ब्राञ्च कमिटी अध्यक्ष आरएस देवान, कटरिया शाखा अध्यक्ष सन्तोष तामाङ, सौरेनी पानीघट्टा समष्टि प्रमुख सल्लाकार टीका राणा, गोरायुमो मिरिक ब्राञ्च कमिटी महासचिव निश्चल थापा, सदस्य रबि खवास लगायत गोरामुमो सदस्यहरु उपस्थित थिए। सभामा अध्यक्ष मन घिसिङको निर्देशलाई शिरोपर गर्दै समष्टिलाई बलियो बनाउनको निम्ति व्यापक छलफल गर्दै यथाशीघ्र समष्टिले गाउँ पसौ अभियानको थालनी गर्ने प्रस्ताव पारित गर्योग । समष्टिमा रहेका शाखा प्रशाखा, भ्रातृ संगठनको शाखा प्रशाखा गठन साथै पुनः गठन पनि गर्ने सभामा प्रस्ताव पारित गरेको निश्चल थापाले जानकारी गराएका छन्। गोरामुमोले चुनाउको निम्ति होइन तर अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउन हेतु साङ्गठनिक विस्तार गरेको बताइएको छ। गोर्खा जातिको मुद्दा अब फत्ते गराउनु पर्छ, संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनैतिक समाधान मार्फत गोर्खाहरुले झट्टै न्याय पाउनु पर्छ र भारत सरकारले अब गोर्खाहरुलाई सम्मान दिनु पर्छ भन्ने कुरा सभामा वक्ताहरुले मांग गरे।
गोरामुमो सौरेनी-पानीघट्टा समष्टिको साङ्गठनिक सभा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
