गोरामुमो सौरेनी-पानीघट्टा समष्टिको साङ्गठनिक सभा

मिरिक (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो साङ्गठनिक विस्तारलाई तिव्रता दिँदै दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा शाखा-प्रशाखा गठन कार्य चलिरहेको पार्टी सूत्रले जनाएको छ। यसैक्रममा मिरिक ब्राञ्च कमिटी अन्तर्गत सौरेनी पानीघट्टा समष्टिको साङ्गठनिक विस्तारलाई तिव्रता दिन टिङलिङमा सभा बस्यो । समष्टि अध्यक्ष कर्ण प्रधानको अध्यक्षतामा बसेको सभामा समष्टि सचिव दिपक गजमेर, मिरिक ब्लक समिति सचिव सुजित तामाङ, एचपीडब्ल्यु मिरिक ब्राञ्च कमिटी अध्यक्ष आरएस देवान, कटरिया शाखा अध्यक्ष सन्तोष तामाङ, सौरेनी पानीघट्टा समष्टि प्रमुख सल्लाकार टीका राणा, गोरायुमो मिरिक ब्राञ्च कमिटी महासचिव निश्चल थापा, सदस्य रबि खवास लगायत गोरामुमो सदस्यहरु उपस्थित थिए। सभामा अध्यक्ष मन घिसिङको निर्देशलाई शिरोपर गर्दै समष्टिलाई बलियो बनाउनको निम्ति व्यापक छलफल गर्दै यथाशीघ्र समष्टिले गाउँ पसौ अभियानको थालनी गर्ने प्रस्ताव पारित गर्योग । समष्टिमा रहेका शाखा प्रशाखा, भ्रातृ संगठनको शाखा प्रशाखा गठन साथै पुनः गठन पनि गर्ने सभामा प्रस्ताव पारित गरेको निश्चल थापाले जानकारी गराएका छन्। गोरामुमोले चुनाउको निम्ति होइन तर अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउन हेतु साङ्गठनिक विस्तार गरेको बताइएको छ। गोर्खा जातिको मुद्दा अब फत्ते गराउनु पर्छ, संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनैतिक समाधान मार्फत गोर्खाहरुले झट्टै न्याय पाउनु पर्छ र भारत सरकारले अब गोर्खाहरुलाई सम्मान दिनु पर्छ भन्ने कुरा सभामा वक्ताहरुले मांग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes