दार्जिलिङ: गोरामुमो दार्जिलिङ टाउन कमिटीले आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्दै दार्जिलिङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरुको फोहोर मैला उठाउँदै सर-सफाई गरिने अभियानलाई जारी राखेको छ। गोरामुमो दार्जिलिङ टाउन कमिटीका महासचिव गोपाल परियारले दिएको जानकारी अनुसार वार्ड नम्बर 14 अन्तर्गत चौरास्ता परिसर साथै वरिपरिका क्षेत्रमा फोहोर मैला उठाउनको साथै सर-सफाई गरे।
गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डसको पहलमा फोहोर मैला उठाउने कार्यक्रमलाई जारी राखेको जानकारी दिँदै बिहीबार दार्जिलिङ बजार बन्द हुने भएकोले गर्दा चौरस्ता परिसर साथै माल रोड वरिपरि गोरामुमो दार्जिलिङ टाउन कमिटीका सदस्यहरूद्वारा व्यापक सेनिटाइज कार्य पनि गरेको तिनले जानकारी दिएका छन्।