गोर्खा च्यारिटेबलको सभा असमको कामरुप जिल्लामा सम्पन्न

सिलगढ़ी: दार्जिलिङ पहाड़ तथा तराई-समतलका विशेष गरेर गोर्खा समुदायका बिमारी अनि तिनीहरूका अभिभावकहरूले भोग्दै आइरहेको विभिन्न असुविधालाई ध्यानमा राखेर सिलगढ़ीमा अस्पताल निर्माणको परियोजनाबारे गोर्खा च्यारिटेबल हस्पिटलको सभा असमको कामरुप जिल्ला अन्तर्गत बिष्णुपुरमा सम्पन्न भयो। गोर्खा च्यारिटेबल हस्पिटल साङ्ठनिक समितिका महासचिव सुरेन प्रधानले आज कामरुप जिल्लाको बिष्णुपुरका विशेष महिलाहरूसँग भेट गरेर तिनीहरूसित एउटा सभा गरे। स्थानीय जसुदा शर्मा र आरती शर्माको सक्रियतामा सम्पन्न उक्त सभामा महासचिव प्रधानले सिलगढ़ीमा बनिन लागेको गोर्खा च्यारिटेबल हस्पिटल निर्माणको आवश्यकता साथै यसको परिकल्पनाबारे तिनीहरूलाई विस्तृत रूपमा जानकरी गराए। अस्पतालको उक्त भावी परिकल्पनालाई सुनेपछि ती महिलाहरूले गोर्खा च्यारिटेबल हस्पिटलको लागि आफुहरूबाट हुन सक्ने सक्दो सहयोग पुऱ्याउने आश्वासन दिएको जारी विज्ञप्तिमा बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom