गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रिय समितिका 7 सदस्यीय टोलीद्वारा अल्पसंख्यक मन्त्री जोन बारलासित भेटघाट

दिल्ली : गत 20 जुलाईदेखि राजधानी दिल्लीको सदनमा चलिरहेको यस वर्षको ग्रीष्मकालीन सत्रको छेक पारेर गोर्खाहरूको माग बारे भाजपा सरकार पक्षलाई अवगत गराउन तथा जन्तरमन्तरमा 3 दिने धरना कार्यक्रम गर्न दिल्ली प्रस्थान गरेका गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रिय समितिका 7 जना सदस्यको टोलीले अलिपुरद्वारका सांसद तथा राज्यका अल्पसंख्यक मन्त्री जोन बारलासित भेटघाट गरे। यस अवधि तिनीहरूले देशका गोर्खाहरूको समस्या एवम् गोर्खाल्यान्डबारे साथै देशमा गोर्खाहरूले भोग्न परिरहेको विभिन्न समस्याहरूबारे मन्त्री बारलालाई अवगत गराए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले विगतमा गोर्खाहरूको दीर्घकालीन माग गोर्खाल्यान्ड साथै एघार जात गोष्ठी विषयमा दिएको वचन अनि दार्जिलिङ पहाडबाट पूर्ण बहुमतमा जिताएर पठाएको तीन-तीन पटकका सांसदहरूले गोर्खाहरूको निम्ति के उपलब्धि हासिल गरे भन्ने विषयमा पनि यस अवधि चर्चा परिचर्चा गरियो। यस अवसरमा मन्त्री बारलाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपा सरकारले देशको जनता समक्ष राखेका वचनहरू क्रमैसँग बिस्तारै बिस्तारै पुरा गर्दै आइरहेको छ। गोर्खाहरूको पालो पनि अब चाँडै नै आउनेछ भन्दै मन्त्री बारलाले नारी मोर्चा टोलीलाई वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş