गोर्खाल्याण्ड आन्दोलनको नालीबेली ‘चक्रव्यूहमा गोर्खा’ लोकार्पित

सिलगढी (निसं) : गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरू बजारमा आइसके। यही मेसोमा गैर-आख्यान पनि प्रकाशित भएको छ। दार्जिलिङका पूर्व गोर्खाल्याण्ड योद्धा भोटू सिंह छेत्रीकृत लिखित गैर आख्यान कृति ‘चक्रव्यूहमा गोर्खा’ आइतवार सालबारीस्थित प्रकाशनगृह बुकएण्टको प्रेक्षागृहमा दार्जिलिङ-सिक्किम इतिहास विशेषज्ञहरू, बङ्ग्लाभाषी बुद्धिजीवीहरू एवं सयाधिक दर्शकहरूको उपस्थितिमाझ लोकार्पित भयो। गोर्खाल्याण्ड आन्दोलनसँग जोडिएका राजनीतिक-बुद्धिजीवी एवं वरिष्ठ नाट्यकार पी अर्जुनले अध्यक्षता गरेको लोकार्पण समारोहमा इतिहासकार डा. सोनाम बी. वाङ्ग्येल मुख्य अतिथि, पूर्व दार्जिलिङ नगरपालिकाध्यक्ष बीके प्रधान, वसन्त बी. लामा, पासाङ भोटिया, भानु लामा, प्रा. रिञ्जी भूटिया सम्मानित अतिथि रहेका थिए।
पी अर्जुनले अध्यक्षीय सम्बोधनमा भने, “गोर्खाल्याण्ड लिएर चिन्तनको संस्कार बसाउने आवश्याकता छ। चक्रव्यूहमा गोर्खाले यस दिशामा जनगणमा एउटा नयाँ चेतनाको आलोक प्रदान गर्ने निश्चित छ।”
कवि ज्ञानेन्द्र खतिवड़ाले सारगर्भित कृति निरूपण राख्दै भने, “गोर्खाल्याण्डको ऐतिहासिक दस्तावेजीकरणमा यो कृति महत्त्वपूर्ण छ। लेखकले साहस गरेर गहकिलो गैर आख्यान लेखेका छन्।”
गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा लेखिएको बेस्टसेलर बाङ्ग्ला कृति ‘कञ्चनजङ्गाए अशान्तिर आगुन’-का लेखक-बुद्धिजीवी सौमेन नागले समारोहलाई सम्बोधन गर्दै दार्जिलिङका गोर्खाहरूले वर्षौदेखि उठाउँदै आएको गोर्खाल्याण्डको मुद्दा जायज रहेको दावी गर्दै भने, “केन्द्र र राज्य सरकार मिलेर समुदायमाथि फुटको राजनीति गरिरहेका छन्, त्यो गोर्खाल्याण्ड नदिने नियत हो। अब गोर्खाहरू एक हुने दिन आएको छ। यस्तो अवस्थामा चक्रव्यूहमा गोर्खाले उठाएको चक्रव्यूहको अन्तर्निहित अर्थ सबैले बुझ्ने खाँचो छ”।
कवि राजा पुनियानीले सर्जक भोटू सिंह छेत्रीसँग सर्जक संवादको सेसन चलाएका थिए, जसमा लेखक छेत्रीले भने, “विगतमा गरिएको गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढ़ी सहिद र सयौँ पहाड़वासी बेपत्ता भएर पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको राजनैतिक चिन्हारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई सम्बोधन गरेको छु”।
लेखकले ब्रिटिशकालमैं हिलमेन्स एसोसिएशनले चालेको चिह्नारीको पाइला प्रान्त परिषद् हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अड़किएको वृत्तान्त दिँदै ‘भारत-नेपाल शान्ति एवं मैत्री सन्धि, 1950’-को वितर्कित ‘धारा 7’ अन्तर्गत रेसिप्रोकल’ मुद्दाको तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्ने सुवास घिसिङको राजनैतिक उत्थान-पतनको विस्तृत लेखाजोखा गरेको बताए।
उनले थपे, “22 अगस्त 1988-मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूडहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएको छु”।
चार भागमा लेखिएको यस महत् ग्रन्थमा एकातिर, कङ्ग्रेसी इन्द्रजीत खुल्लरहरूको झुक्याईको क्रमबद्ध चर्चा छ भने अर्कोतिर, भाजपाले निरन्तर लोकसभा सासंद आसन सुनिश्चित गर्न कसरी केन्द्रीय राजनीतिको क्याल्कुलेटिभ म्यानुपुलेशनको अङ्कुशे गोर्खा समुदायमाथि हालेको छ, त्यसको समेत विमर्श गरेका छन्। लेखकले यस कृतिमा डा. विधानचन्द्र रायको पालोदेखि चलेको ‘पपुलेसन-गेम’ अन्तर्गत गोर्खे समुदायलाई अल्पसङ्ख्यक पार्ने राज्य-प्रायोजित कुचक्र रहेको दस्तावेजसहित प्रमाण गरेको छन्। किताबको निष्कर्षमा पहाड़का गाउँबस्तीमा होम-स्टेको निहुँमा हतारिएर थोपिएको होटल-रेसर्ट अभियान, चियाकमानमा हुलिएको टी-टुरिजम-ले कसरी गोर्खा समाज अल्पसङ्ख्यक बन्दै जाने र गोर्खा पहिचानको मुद्दा कसरी सङ्कटतिर धकेलिने सम्भावना चुलिएको छ भन्ने अड़ान राखेका छन्। गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त हो। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्रीको यस बृहत् ग्रन्थमा लेखकले केन्द्रीय सत्ता र राज्य सत्ताको साझा ‘चक्रव्यूह’ -मा परिसकेको गोर्खा समुदायको राजनैतिक इतिहासको अथेण्टिक न्यारेटिभलाई पाठकका लागि अघि ल्याएका छन्।
१२ जून १९५२-मा दार्जीलिङमा जन्मिएका भोटू सिंह छेत्री दार्जीलिङको राजनैतिक परिवेशमा बौद्धिक रूपले सक्रिय व्यक्तित्व हुन्। १९८६-को गोर्खाल्याण्ड आन्दोलनको आरम्भिक कालदेखि जोड़िएका बुद्धिजीवी भएको नातामा दार्जीलिङको राजनीतिमा बुनियादी सक्रियता राख्ने महत्त्वपूर्ण गोर्खाल्याण्ड ‘बौद्धिक-एक्टिभिस्ट’ कहलाइने हैसियत राख्छन्। गोर्खाहरूको चिह्नारीको मुद्दामा गहिरो अभिज्ञता राख्दै सुनचरी समाचार, सुनाखरी समाचारलगायत विभिन्न पत्र-पत्रिकामा राजनैतिक रचनाहरू प्रकाशित गराएका छन्। गोर्खा नेशनल लिबरेशन फ्रण्ट, गोर्खा लिबरेशन फ्रण्ट र दार्जीलिङ सिभिल सोसाइटीका संस्थापक सदस्य रहेका हुन्। १९७६-देखि २०१२-सम्म दार्जीलिङ नगरपालिकामा सेवा पुऱ्याएका हुन्। ‘चक्रव्यूहमा गोर्खा’ यिनको पहिलो पुस्तक हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel giriş