गोर्खा प्राथमिक शिक्षक संगठन (बिमल खेमा) पुन: गठन 

दार्जिलिङ : गोर्खा प्राथमिक शिक्षक संगठन (बिमल खेमा) पुन: गठन गरियो। मारवाड़ी भवन दार्जिलिङमा आयोजित सभामा गोर्खा प्राथमिक शिक्षक संगठनको सभा विभिन्न सर्कलका शिक्षक-शिक्षिकाहरूको उपस्थितिमा सम्पन्न भयो। सभाका अध्यक्ष पूर्व जीपीटीओ अध्यक्ष राजेन थापा थिए भने जीपीटीओ संस्थापक सदस्य उमेश मुखिया, सुरेन राई लगायत गोजमुमो केन्द्रीय सदस्य सन्जीव लामा उपस्थित थिए। आजको सभामा जीपीटीओ गठन गर्दै सर्वसम्मतिद्वारा प्रमुख संयोजक राजेन थापालाई चयन गरियो भने विभिन्न सर्कलबाट संयोजकको रूपमा पुल बिजनबारी सर्कलबाट अरुण दुराल, दार्जिलिङ अर्बनबाट नकुल प्रधान, सोनादा सर्कलबाट मगेन्द्र थापा, पोख्रेबुङबाट स्वाधीन माले, सदर सर्कलबाट सत्यपाल राई, खरसाङबाट सुधीर रसाईली, तीनधारेबाट बिरेन्द्र सिंह, सुकुनाबाट दुर्गा शर्मा, नागरी धजेबाट आरएन शर्मा, सुखियाबाट रमेश बस्नेत, आरआरबाट निमा लेप्चा, लोधोमाबाट नवीन प्रधान चयनलाई गरियो। सभामा सबै सर्कलबाट सदस्यहरूले आ-आफ्नो सुझाउ र ऊर्जामूलक वक्तव्यहरू राखे। स्वाधीन मालेद्वारा सञ्चालित सभामा आगामी दिनमा जीपीटीओलाई सुचारु रूपमा सञ्चालन गरेर लैजानुपर्ने सुझाउहरू सबै शिक्षक-शिक्षिकाहरूले राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *