दार्जिलिङ : गोर्खा प्राथमिक शिक्षक संगठन (बिमल खेमा) पुन: गठन गरियो। मारवाड़ी भवन दार्जिलिङमा आयोजित सभामा गोर्खा प्राथमिक शिक्षक संगठनको सभा विभिन्न सर्कलका शिक्षक-शिक्षिकाहरूको उपस्थितिमा सम्पन्न भयो। सभाका अध्यक्ष पूर्व जीपीटीओ अध्यक्ष राजेन थापा थिए भने जीपीटीओ संस्थापक सदस्य उमेश मुखिया, सुरेन राई लगायत गोजमुमो केन्द्रीय सदस्य सन्जीव लामा उपस्थित थिए। आजको सभामा जीपीटीओ गठन गर्दै सर्वसम्मतिद्वारा प्रमुख संयोजक राजेन थापालाई चयन गरियो भने विभिन्न सर्कलबाट संयोजकको रूपमा पुल बिजनबारी सर्कलबाट अरुण दुराल, दार्जिलिङ अर्बनबाट नकुल प्रधान, सोनादा सर्कलबाट मगेन्द्र थापा, पोख्रेबुङबाट स्वाधीन माले, सदर सर्कलबाट सत्यपाल राई, खरसाङबाट सुधीर रसाईली, तीनधारेबाट बिरेन्द्र सिंह, सुकुनाबाट दुर्गा शर्मा, नागरी धजेबाट आरएन शर्मा, सुखियाबाट रमेश बस्नेत, आरआरबाट निमा लेप्चा, लोधोमाबाट नवीन प्रधान चयनलाई गरियो। सभामा सबै सर्कलबाट सदस्यहरूले आ-आफ्नो सुझाउ र ऊर्जामूलक वक्तव्यहरू राखे। स्वाधीन मालेद्वारा सञ्चालित सभामा आगामी दिनमा जीपीटीओलाई सुचारु रूपमा सञ्चालन गरेर लैजानुपर्ने सुझाउहरू सबै शिक्षक-शिक्षिकाहरूले राखे।
गोर्खा प्राथमिक शिक्षक संगठन (बिमल खेमा) पुन: गठन

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
