गोरूबथान भाजपाका 22 घर गोजमुमोमा सामेल

कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत पर्ने गोरुबथान 43 नम्बर समष्टि (अञ्चल 2) अन्तर्गत राई गाउँ अनि झण्डीबाट 22 घर परिवारले आज एउटा कार्यक्रमबीच गोजमुमो विनय खेमालाई समर्थन जनाएको छ। पार्टी सूत्रले दिएको जानकारी अनुसार गोरूबथान समष्टि अध्यक्ष पेमा योञ्जनको नेतृत्वमा यहाँको भाजपा 22 घर परिवारका सदस्यहरूले बिनय तामाङ अनि अनित थापाको नयाँ सोच र नयाँ बिचारलाई समर्थन गर्दै गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। तिनीहरूलाई नयाँ पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *