नक्सलबारी : तृणमूल काङ्ग्रेस नेता तथा सिलगढी नगर निगमका मेयर गौतम देव आज नक्सलबारीको हात्तीघिसा पुगेर मृतक सुधीर नागासियाको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेट गरेर समवेदना प्रकट गर्दै यस दु:खको समय आफुहरू पनि साथमा रहेको साथै मृतकको परिवारलाई न्याय दिलाउने आश्वासन दिए। यसको साथै तिनले मृतकका स्वास्नीसित कुराकानी गर्दै घटनाको विस्तृत जानकारी लिए। यसपछि सुधीर नागासियाको मृत्यु पछि स्थानीय आक्रोशित मानिसहरूले यसको बद्ला लिनको लागि मुरी गाउँमा भएको व्यापक तोफ-फोड तथा आगो लगाइ दिएको घरहरूमा गएर मेयर गौतम देवले निरीक्षण गरे।
यस अवधि मेयरले गाउँलेहरूस्त पनि कुराकानी गर्नको साथै तिनीहरूको समस्या तथा घटनाबारे जानकारी लिए। यसपछि मेयरले मुरी गाउँका पीड़ित मानिसहरूलाई क्षतिपूर्ति साथै हर-सम्भव सहायता गर्ने पनि आश्वासन दिएका छन्। नक्सलबारीको घटना प्रभावित इलाका अनि त्यहाँका मानिसहरूसित प्रत्यक्ष भेटघाट गरेर घटनाको जानकारी लिएपछि यसबारे विस्तृत रिपोर्ट मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाउने मेयर गौतम देवले जानकारी गराएका छन्।