सिलगढी: 23 वर्षपछि दार्जिलिङ पहाडको जीटीए क्षेत्रमा हुने दुई स्तरीय पञ्चायत चुनाउको निम्ति पञ्चायत सदस्य अनि पञ्चायत समितिका उम्मेद्वारहरूको संख्या मोठ 2 हजार 4 जना रहेका छन्। प्राप्त जानकारी अनुसार दार्जिलिङको जीटीए क्षेत्रमा मोठ ग्राम पञ्चायतको संख्या 501 रहेको छ भने पञ्चायत समितिको संख्या 156 रहेको छ। यसपल्टको चुनाउमा विभिन्न राजनैतिक पार्टीहरूबाट भन्दा पनि स्वतन्त्र रूपमा चुनाउ लड्ने उम्मेद्वारहरूको संख्या अधिक देखिन्छ। पञ्चायत सदस्यको निम्ति मोठ 5 सय 38 जना अनि पञ्चायत समितिको निम्ति 156 जना चुनाउ मैदानमा ओर्लिएका छन्। यसैगरी, राज्यको अन्य विभिन्न जिल्लाहरूमा झैँ यता दार्जिलिङको जीटीए क्षेत्रमा आउँदो 8 जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय पञ्चायत चुनाउको निम्ति भाजपाले पञ्चायत सदस्यको निम्ति 195 जना तथा पञ्चायत समितिको निम्ति 52 जना गरेर मोठ 247 जना, सीपीआईएम-ले पञ्चायत सदस्यको निम्ति 15 तथा पञ्चायत समितिको निम्ति 2 जना गरेर मोठ 17 जना, अल इन्डिया तृणमूल कङ्ग्रेसले पञ्चायत सदस्यको निम्ति 25 जना अनि पञ्चायत समितिको निम्ति 11 जना गरेर मोठ 36 जना, गोरामुमोले पञ्चायत सदस्यको निम्ति 36 अनि पञ्चायत समितिको निम्ति 9 गरेर मोठ 45 जना, हाम्रो पार्टीले पञ्चायत सदस्यको निम्ति 169 अनि पञ्चायत समितिको निम्ति 40 जना गरेर मोठ 209 जना, गोजमुमो-ले पञ्चायत सदस्यको निम्ति 21 अनि पञ्चायत समितिको निम्ति 7 गरेर मोठ 28 जना, सीपीआरएम-ले पञ्चायत सदस्यको निम्ति 7 जना अनि जीटीएको सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सबैभन्दा अधिक पञ्चायत सदस्यको निम्ति 570 अनि पञ्चायत समितिको निम्ति 151 गरेर मोठ 721 जना उम्मेद्वारहरू चुनाउ मैदानमा उतारेका छन्। स्मरण रहोस्, जीटीए क्षेत्रका कतिपय आसनबाट उम्मेदवारिता दिनेहरूले आफ्नो नामाङ्कन पत्रको अन्तिम दिनसम्म नामाङ्कन फिर्ता लिएपछि केही प्रार्थीहरू निर्विरोध निर्वाचित बनेका छन्।