कालेबुङ (निसं): जीटीएको पशु संसाधन अनि विकास विभागले कालेबुङ जिल्लाको पेदोङमा पशुहरू वितरण कार्यक्रमको आयोजना गरेर मोठ 1073 जना लाभार्थीहरुलाई पशु वितरण गर्यो। 1000 जनालाई कुखुराको चल्ला एक लाभार्थीलाई 10 वटा चिङनाको दरले, गाई 10 जनालाई , बाख्राको पाठो 30 जनालाई, सुँगुरको पाठो 33 जनालाई (एक लाभार्थीलाई 3 वटा गरेर पाठो) वितरण गरियो। यसको साथमा पशुको बीमा पनि गरियो। खोर बनाउन च्यादर दिइयो।
पशु आहार अनि वर्तनहरु पनि वितरण गरियो। यस अवसरमा जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, हाम्रो पुर्खाले जुन जाँगर चलाएर खेती पाती अनि पशु पालन गर्थे आज त्यो जाँगर गाउँ बस्तीमा हराएर गएको छ। अब हामीले स्वनिर्भर भएर, हाम्रो पुर्खाको जस्तो जाँगर चलाएर पुनः नयाँ आर्थिक क्रान्ति ल्याउनु पर्नेछ। हर घर जल भनेको जस्तै अब पहाडको हर घर पशु हुनुपर्छ भन्ने मलाई लाग्छ।