हात्तीको हमलामा घर क्षतिग्रस्त

बानरहाट : डुवर्स क्षेत्रमा एक महिनाको अन्तरालमा 4 वटा हात्ती मरेको खबर प्राप्त भए तापनि उक्त क्षेत्रमा हात्तीको उपद्रव भने कम्ती भएको छैन। गत अबेर राति बानरहाट थाना अधीनस्थ गैरकाटा घुर लाइनमा हात्ती पसेर ताण्डव मच्चाउँदै स्थानीय बिर्सा बाडाको घर क्षतिग्रस्त पारिदिएको छ। घटनाको खबर पाएर आज बिन्नागढी वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर निरीक्षण गर्नको साथै क्षतिपूर्तिको लागि आवेदन गरेपछि पीडित परिवारलाई सरकारी नियम अनुसार क्षतिपूर्ति दिइने बताए। घटनाबारे स्थानीय पञ्चायत सदस्यलाई जनाउन जाँदा पञ्चायत सदस्य घरमा नरहेको साथै यसबारे तिनको भाइलाई खबर दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *