दार्जिलिङ : हिल तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट पनि आज 5 वटा समष्टिबाट 5 जना उम्मेद्वारले दार्जिलिङ महकुमा शासक कार्यालयमा पुगेर नामाङ्कन पत्र बुझाएका छन्। जीटीए चुनाउको निम्ति मोठ 45 वटा समष्टिहरूमध्ये आउँदो जीटीए चुनाउको लागि मात्र 10 वटा आसनबाट यसपल्ट तृणमूल कङ्ग्रेसले चुनाउ लड्ने भएको छ।
ती 10 आसनहरूमध्ये दार्जिलिङबाट 5 अनि रहल खरसाङ र मिरिकबाट 5 वटा आसन रहेको छ। यसै क्रममा आज विनय तामाङले ब्लुमफिल्ड रिसिहाट समष्टिबाट, पासाङ टी भोटियाले भोटिया बस्ती पान्डाम समष्टिबाट, देबेन राईले सदर एक समष्टि लगायत एनबी खवास र दिनेश गुरूङले आज आ-आफ्नो नामाङ्कन पत्र बुझाए।