जनताको समस्यालाई लिएर गोजमुमो 2 टोलीद्वारा रेलवे कम्पनीलाई ज्ञापन

कालेबुङ: भारतीय रेलवेद्वारा हाल राष्ट्रिय राजमार्ग 10 क्षेत्रमा सेभोकदेखि रम्फुसम्मको रेलमार्ग निर्माणधीन अवस्थामा रहेकोले गर्दा क्षेत्रवासीहरूले धेरै समस्याहरूको सामना गर्न परिरहेकोले जनताको पक्षमा गोर्खा जनमुक्ति मोर्चा-2 टिस्टा शाखाको एउटा टोलीले पटेल साथै एप्को कम्पनीका अधिकारीहरूसँग भेट गरेर ज्ञापन पत्र सुम्पिएको छ।


टिस्टा साथै कालेबुङ चार माइलस्थित दुवै कम्पनीका कार्यालयमा पुगेर मोर्चाका प्रतिनिधिहरूले क्षेत्रका जनताले भोग्न परिरहेका विविध समस्याहरूको उल्लेख गर्दै शीघ्र समाधानको निम्ति दबाउ दिएका छन्, जसमा टिस्टा पुल क्षेत्रमा निर्माण कार्यले गर्दा पुल परिसर मैला भएकोले सर-सफाइ गरिनु पर्ने, पुलमा सुरक्षाको दृष्टिकोणले बत्ती जडान गरिनु पर्ने, सडक, नालीको मरमति गरिनु पर्ने, राति ठुला-ठुला मशिनहरूको काम ठप्प गरिनु पर्ने आदि माग रहेका छन्। कम्पनीको पक्षबाट चाँढै उक्त मागहरूमाथि गम्भीरता पूर्वक कार्य गरिने बताएका छन्। उक्त ज्ञापन टोलीमा मोर्चा केन्द्रीय समिति सदस्य विशाल राई, टिस्टा पार्टी संयोजक शरण छेत्री, संतोष प्रधान, सुरेन लोहार, सुशील मंगर, डालुराम शर्मा, संजय कार्कीडोली, किशोर मुखिया, अनिल खाती आदि सामेल थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL