कावाखालीमा कन्टेनर र ट्रेलर ठोक्किदा चालक घाइते

सिलगढी (निसं): सिलगढीको कावाखाली इलाकामा एउटा कन्टेनर र ट्रेलर आपस्तमा ठोक्किदा कन्टेनर चालक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 4 बजी सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत कावाखाली इलाकामा एउटा कन्टेनर र ट्रेलर आपस्तमा ठोक्किदा कन्टेनरको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ। यसले गर्दा कन्टेनर चालक धेरै समयसम्म कन्टेनरभित्र फँसेपछि सिलगढी मेट्रोपोलिटन पुलिस र स्थानीय मानिसहरूले लामो प्रयासपछि चालकलाई बाहिर निकालेको बताइएको छ।  पुलिसले गम्भीर अवस्थामा चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। खबर लेखुञ्जेलसम्म चालकको परिचय जुटाउन सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *