केन्द्रीय गृह राज्य मन्त्रीले गरे एसएसबी 19औँ बटालियन मुख्यालयको परिभ्रमण

खोरीबारी:  केन्द्रीय गृह राज्य मन्त्री नित्यानन्द रायले आज एसएसबी 19औँ बटालियनको मुख्यालय रानीडांगाको परिभ्रमण गरे। यस अवसरमा रानीडांगा एसएसबी डीआइजी अमित कुमार तथा 19औ वाहिनीका कमान्डेट मितुल कुमारले फुलको गुच्छा प्रदान गरेर तिनलाई स्वागत जनाउनको साथै जवानहरूले तिनलाई सलामी पनि दिए। केन्द्रीय गृह राज्य मन्त्री नित्यानन्द रायलाई वाहिनीको तर्फबाट विविध उपलब्धीहरूको साथमा विभिन्न कार्यक्रमहरूबारे अवगत गराइयो।


 

यसैगरी, केन्द्रीय गृह राज्य मन्त्री नित्यानन्द रायको उपस्थितिमा एउटा सम्मेलनको पनि आयोजना गरियो। सम्मेलन अवधि गृह राज्य मन्त्रीले जवानहरूलाई सम्मानसहित उत्साह प्रदान गर्दै तिनीहरूलाई आफ्नो कर्तव्य पालन गर्ने अपिल गरे। यस कार्यक्रम अवधि वाहिनी मुख्यालय परिसरमा रूखका विरूवाहरू पनि रोपियो। कार्यक्रममा एसएसबी फ्रन्टियर सिलगढ़ीका आईजी एस बन्धोपाध्याय, किशनगञ्ज एसपी कुमार आशिष लगायत अन्य पदाधिकारीगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş