सिटोङमा पर्यटक सवार वाहन पल्टिँदा 3 जना घाइते

खरसाङ: ग्रामीण पर्यटन क्षेत्र सिटोङमा खराब सड़कको कारणले आज एकजना पर्यटकको वाहन पल्टेको जानकारी प्राप्त भएको छ। दार्जिलिङ पहाड़को ग्रामीण पर्यटन व्यवसायको क्षेत्रमा खरसाङ महकुमा अन्तर्गत सिटोङ मुख्य हो। तर अहिले ग्रामीण पर्यटनको मुख्य ठाउँ मानिने सिटोङको सड़क मार्ग भने अत्यन्तै सोचनीय बनेको छ। सिटोङको सड़कको कारणले गर्दा स्थानीय जनसाधारण, पर्यटन व्यवसायीहरू र पर्यटकहरूलाई पनि धेरै असुविधा भइरहेको छ। प्राप्त जानकारी अनुसार आज बिहान 11 देखि 12 बजीको समय सिटोङको घलेटारदेखि केही मुनि रहेको सड़कमा एकजना पर्यटकको गाड़ी पल्टेको बताइएको छ। कोलकोताबाट हिजो सिटोङमा आएर बास बसेपछि (पति-पत्नी र नानी) आज साइड सिनको लागि आफ्नै वाहनमा सवार भएर उकालो गइरहेको समय सड़कको खराब अवस्थाले गर्दा उक्त वाहन सडकमा पल्टिँदा तीनजना पर्यटकलाई सामान्य चोट लागे तापनि वाहनलाई केही क्षति पुर्‍याएको बताइएको छ। उक्त पल्टेको गाड़ीलाई सिटोङका स्थानीय गाउँलेहरूको सहयोगमा उठाउन सफल भएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *