क्रामाकपा बिजनबारी आञ्चलिक कमिटीद्वारा शोकसभा पालन

बिजनबारी: क्रामाकपा बिजनबारी आञ्चलिक कमिटी चुङथुङ जोनलको तत्वावधानमा क्रामाकपा संस्थापक सदस्य कम० एबी सुब्बालाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्न शोकसभा लोवर चुङथुङ पुस्तकालयमा समाजसेवी एमपी सुब्बाको अध्यक्षतामा सम्पन्न गरियो। यस अवसरमा दिवंगत कम० एबी सुब्बालाई स्मरण गर्दै तिनको नाममा श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै वक्ताहरूले कमरेड सुब्बाले पार्टी तथा समाज सेवाको लागि पुऱ्याएको अमुल्य योगदानहरूको बारेमा पनि प्रकाश पारे।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोवर चुङथुङ प्राथमिक पाठशालाका अवकाश प्राप्त प्रधानाध्यापक मदन राई, स्व. एबी सुब्बाको सुपुत्र योगेश सुब्बा, क्रमाकपाका वरिष्ठ नेता कम० एमबी राई, केन्द्रीय सदस्य कम० डीआर राई, प्रवक्ता गोविन्द छेत्री, केन्द्रीय सदस्य कम० नर्बू लामा, शेखर छेत्री, युवा मोर्चा केन्द्रीय सदस्य सचिव अरूण घताणी, चिया श्रमिक मजदुर युनियनका केन्द्रीय प्रवक्ता सुनिल राई आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *