क्रामाकपा-को स्थापना दिवसलाई लिएर विभिन्न ठाउँहरूमा पोस्टरिङ

दार्जिलिङ : क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को 24औँ स्थापना दिवसको उपलक्ष्यमा भोलि 15 दिसम्बर दार्जिलिङमा केन्द्रीय समावेश गरिने भएको छ। दार्जिलिङ जीडीएनएस भवनमा सम्पन्न हुने उक्त समावेशमा पार्टीको मूल माग छुट्टै राज्य गोर्खाल्याण्ड विषयलाई लिएर वार्ता हुने बताइएको छ। उक्त पार्टीको समावेशलाई सफल तुल्याउनको निम्ति क्रामाकपाले दार्जिलिङ तथा कालेबुङ जिल्लाका विभिन्न ठाउँहरूमा गत केही दिन अघिदेखि लगातार पोस्टरिङहरू गरिनको साथै मानिसहरूलाई पर्चा वितरण गरिरहेको छ। यसै क्रममा आज क्रामाकपा खरसाङ महकुमा समितिका शीर्ष नेताहरू लगायत कार्यकर्ताहरूको उपस्थितिमा सहरभरि व्यापक पोस्टरिङ गर्नको साथै मानिसहरूलाई पर्चा वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *