खरसाङदेखि रोहिणी गेटसम्म बिमलको नक्सा भएको झण्डा

खरसाङ: खरसाङ गिद्धे पहाड रोहिणी 29 नम्बर समष्टिका गोजमुमो बिमल खेमाका कार्यकर्ताहरू लगायत खरसाङ महकुमा सचिव विवेक मोक्तान, केन्द्रिय समिति सदस्य युवराज तामाङ, गिद्धे पहाड रोहिणी समष्टि संयोजक निरज खवास, रोहिणी ब्लक सभापति सुदेस सुनदास, उप सभापति प्रवास तामाङ (गोले) साथै रोहिणीका कर्मठ सदस्यहरूको उपस्थितिमा खरसाङ धोबीखोलादेखि रोहिणी टोल प्लाजासम्म बिमल गुरूङको नक्सा अङ्कित भएको गोजमुमोको झण्डा लगाइएको छ।


अब पार्टी अध्यक्ष बिमल गुरूङ लगायत पार्टीका अन्य विस्थापित नेतृत्वगण अनि समर्थकहरू चाँडै दार्जिलिङ पहाड फर्किने भएकोले गर्दा तिनीहरूलाई स्वागत जनाउनलाई खरसाङदेखि रोहिणी टोलसम्म झण्डा लगाइएको पार्टी कार्यकर्ताहरूले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *