खरसाङको महानदीमा विनयपन्थीको चुनावी सभा तथा बुथ स्तरीय कमिटी गठन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको महानदीमा विनयपन्थी गोजमुमोको चुनावी सभा साथै बुथ स्तरीय कमिटी गठनको कार्य सम्पन्न भयो। भूतपर्व सैनिक केबी राईको अध्यक्षता र गोजमुमो खरसाङ महकुमा समितिका सदस्य टङ्क शर्माको सञ्चालनमा सम्पन्न भयो।  महानदी क्षेत्रका पार्टी कार्यकर्ताहरू र जनसाधारणलाई लिएर उक्त सभा सम्पन्न भयो। सभालाई गोजमुमो तीनधारे-महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, माध्यमिक शिक्षक संगठन खरसाङ महकुमाका सभापति बिमल शेर्पाचुनाउ कमिटी खरसाङका को-अर्डिनेटर मोहन लामा, महेन्द्र छेत्री, शेखरचन्द्र प्रधान, सुमन कार्की आदिले वक्तव्य राखेका थिए। यसै सभामा तीनधारे-महानदी समष्टिको महानदीमा बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो। उक्त कमिटीमा को-अर्डिनेटर सुजन तामाङ, सह को-अर्डिनेटर रोजी राई, मिडिया प्रभारी पासाङ शेर्पाअनिस छेत्री, प्रचार प्रसार सचिव टङ्कप्रसाद शर्मा, प्रमुख सल्लाहकार काजी छेत्री, केशर राईचन्द्रकुमार राई आदि चयन गरियो।

सभामा गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव एवम् तीनधारे-महानदी समष्टिको चुनाउ कमिटीका चिफ् को-अर्डिनेटर राजीव थापा, समष्टिका उप सभापति राजु लामा, भूतपूर्व सैनिक संगठनका सभापति मणिकुमार छेत्री, कार्यकारी सभापति हेमेन्द्र देवान, नारी मोर्चाका समष्टि सभापति निरा प्रधान, महकुमा सदस्य प्रेम प्रधानपूर्व महानदी ग्राम पञ्चायत प्रधान जुध्द शमशेर छेत्री लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे- महानदी समष्टिको चुनाउ कमिटीका चिफ को-अर्डिनेटर राजीव थापाले हामीले समष्टिको विभिन्न क्षेत्रहरूमा गत 13 मार्चदेखि चुनावी सभा र बुथ स्तरीय कमिटी गठन गर्ने कार्य गरिरहेका छौं र यसै क्रममा आज महानदीमा चुनावी सभा र बुथ स्तरीय कमिटी गठनको कार्य गरिएको बताए। तिनले समष्टिको सबै बुथहरूमा चुनावी सभा र बुथ स्तरीय कमिटीहरूको गठन भइरहेको र बुथ स्तरीय कमिटीहरूले चाँडै आफ्नो क्षेत्रमा भिलेज स्तरीय कमिटीहरू गठन गरेर चाँडै समष्टि चुनाउ कमिटीलाई झट्टै रिपोर्ट बुझाउने आह्वान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes