खरसाङको मोटर स्ट्याण्टमा क्रामाकपा-को चुनावी सभा

खरसाङ: क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टीले आउँदो विधानसभा चुनाउमा गठबन्धनको धर्म पालन गर्ने भएको छ। आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपाका प्रवक्ता गोबिन छेत्रीले बताए। आज खरसाङको मोटर स्ट्याण्टमा क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को चुनावी सभा सम्पन्न  भयो। उक्त पथ सभा क्रामाकपाको सोनादा आञ्चलिक समितिका प्रभारी उध्दव खनालको अध्यक्षता युवा मोर्चाका सभापति रबीन राईको सञ्चालनमा सम्पन्न भयो। सभामा ट्रेड युनियन जोइन्ट फोरमका कन्भेनर सुनिल राई, क्रामाकपा केन्द्रीय सदस्य शेखर छेत्री, क्रामाकपा खरसाङका प्रभारी अरुण घतानी, क्रामाकपा केन्द्रीय प्रवक्ता गोबिन छेत्री आदिले आ-आफ्नो वक्तव्य राखे। यस पथ सभामा केन्द्रीय सचिव मण्डल सदस्य नर्बु लामा, मिरिक प्रभारी अर्जुन थापा पनि उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै आउँदो विधानसभा चुनाउमा गठबन्धनको धर्म पालन गर्दै चुनाउमा उत्रने तर गठबन्धनमा सही नभए आफ्नै प्रार्थी पनि चुनाउमा उतार्न सक्ने बताए। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै प्रवक्ता गोबिन छेत्रीले हाम्रो पहिलो प्राथमिकता गठबन्धनलाई नै दिइने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *