खरसाङ: क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टीले आउँदो विधानसभा चुनाउमा गठबन्धनको धर्म पालन गर्ने भएको छ। आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपाका प्रवक्ता गोबिन छेत्रीले बताए। आज खरसाङको मोटर स्ट्याण्टमा क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को चुनावी सभा सम्पन्न भयो। उक्त पथ सभा क्रामाकपाको सोनादा आञ्चलिक समितिका प्रभारी उध्दव खनालको अध्यक्षता युवा मोर्चाका सभापति रबीन राईको सञ्चालनमा सम्पन्न भयो। सभामा ट्रेड युनियन जोइन्ट फोरमका कन्भेनर सुनिल राई, क्रामाकपा केन्द्रीय सदस्य शेखर छेत्री, क्रामाकपा खरसाङका प्रभारी अरुण घतानी, क्रामाकपा केन्द्रीय प्रवक्ता गोबिन छेत्री आदिले आ-आफ्नो वक्तव्य राखे। यस पथ सभामा केन्द्रीय सचिव मण्डल सदस्य नर्बु लामा, मिरिक प्रभारी अर्जुन थापा पनि उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै आउँदो विधानसभा चुनाउमा गठबन्धनको धर्म पालन गर्दै चुनाउमा उत्रने तर गठबन्धनमा सही नभए आफ्नै प्रार्थी पनि चुनाउमा उतार्न सक्ने बताए। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै प्रवक्ता गोबिन छेत्रीले हाम्रो पहिलो प्राथमिकता गठबन्धनलाई नै दिइने बताए।
खरसाङको मोटर स्ट्याण्टमा क्रामाकपा-को चुनावी सभा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
