खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको धारावाहिक रूपमा भइरहेको मिशन जागरण अन्तर्गत खरसाङ टाउन कमिटीको पहलमा वार्ड नम्बर एकको भिक्टोरिया ग्राम सुधार समिति भवनमा एउटा सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता भिक्टोरिया ग्राम सुधार समितिका सचिव ब्रिगेन गुरुङ (नगरपालिका प्रशासक)-ले गरेका थिए भने टाउन कमिटीका कार्यवाहक सचिव बिरबल पाखरीनले सभा सञ्चालन गरे। तिनले उपस्थित पार्टीका नेतृत्वगणसँग परिचय गराउँदै सबैलाई स्वागत जनाए। यसै अवधि सर्वप्रथम वार्डलाई प्रतिनिधित्व गर्ने भागोप्रमो वार्ड नम्बर एकका प्यारेन्ट्स बडीका पूर्व सभापति स्व. क्याप्टन कुमार गुरुङ अनि सचिव स्व. निर्मल प्रधानको स्मरणमा एक मिनटको मौन धारण गरेर श्रद्धाञ्जलि अर्पण गरियो। सभामा वक्तव्य राख्ने क्रममा टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले मिशन जागरण विषय लिएर जागरुक गराउँदै बीजेपी सरकारले ढाँटको राजनीति गरेर पहाडका जनतालाई भ्रमित गर्दै आएकोले यस्तो कोल्टे राजनीति गर्नेहरूसँग जोगिनुपर्छ भनी बताए। नारी शक्ति सदस्य सबिता कार्कीले नारी सशक्तिकरण लिएर उपस्थित नारीहरूलाई सम्बोधन गरिन्। खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले अनित थापाले पहाडको जनताको हितमा लिएको निर्णय फलस्वरूप नै आज पहाडमा शान्ति छ औ तिनको नेतृत्त्वमा आज पहाडमा विकास भइरहेको छ भनी बताए। पञ्चायत व्यवस्था, एसएससी, आईटी हब जस्ता विकासमूलक योजनाहरू राज्य सरकारसँग मिलेर ल्याउन अनित थापा सफल भएको तिनले बताए। श्रमिकहरूको हितको निम्ति श्रमिक भवनको निर्माण भइरहेको अवगत पनि प्रधानले गराए। बीजेपी सरकार केन्द्रमा हुँदा हुँदै पनि एघार जातिलाई जनजातिमा अन्तर्भुक्त नगरेकोमा सरकारको निराशजनक कार्यको विरोध जनाए। ब्रिगेन गुरुङले जीटीए चुनाउमा नगरपालिका क्षेत्रमा पर्ने वार्डहरूमा सबैभन्दा अधिक भोट वार्ड नम्बर एकबाट पाएको बताए। भिक्टोरिया ग्राम सुधार भवनको पुनः निर्माण लगायत हुडको क्वार्टरमा बसोबास गर्ने ती महानुभावहरू जसको सरकारी मापदण्ड अनुसार सरकारी प्रक्रिया पूर्ण हुने बेनफेसरीहरूले चाँडै घरको कागजपत्र पाउने जानकारी गराए। टाउन कमिटी संयोजिका देवकी प्रधान सुब्बाले सभालाई सम्बोधन गर्दै वार्ड नम्बर एकका नारी शक्तिलाई अझै बलियो बनाउनको लागि तीनजना संयोजिका क्रमैले भिक्टोरिया पाखाबाट पूर्णिमा थापा, सेक्शन पाखाबाट बन्दना साङपाङ अनि सेनोटोरियम हुडको क्वार्टर बंगला पाखाबाट कोमल तामाङलाई चयन गरियो। चयन गरिएका नारीहरूलाई खदा लगाएर स्वागत जनाइयो। सभामा टाउन कमिटी प्यारेन्ट्स बडीका सल्लाहकार भोला राउत, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्यहरू रमोद गुरूङ, विकास तामाङ, महिपाल खाती, पासाङ योल्मो, युवा शक्तीका अमित थापा उपस्थित थिए।
खरसाङको वार्ड नम्बर एकमा भागोप्रमो-को सांगठनिक सभा सम्पन्न

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
