खरसाङ महकुमाको जबरहाटबाट 60 परिवार विनय-अनित खेमामा सामेल

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने जबरहाट गाउँमा एउटा सभाबीच 60 परिवार विनय-अनित खेमामा सामेल भएको छ। गोर्खा जनमुक्ति नारी मोर्चाका अध्यक्ष श्रीमति छिरिङ दाहालको बाहुलीबाट ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। विनय-अनित खेमाको नयाँ सोच अनि नयाँ विचारको विचारलाई आत्मसात गर्दै विनय-अनित खेमामा सामेल भएको तिनीहरूले बताए। पार्टीमा सामेल हुने मनिकाले बताएअनुसार आफूहरू अन्य पार्टीमा रहे तापनि कुनै भेदभाव नगरेर गोजमुमो महासचिव अनित थापाले धेरै काम गरिदिनु भएको साथै गोजमुमो विनय खेमाकाहरूले कोभिड 19-को समयमा पनि आफूहरूलाई धेरै सहयोग पुर्‍याएको थियो। यस अवसरमा खरसाङ महकुमा समितिका अन्य शीर्ष नेतृत्वहरू समीर दीप ब्लोन, अनु प्रधान मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *