खरसाङ महकुमाको सिपाहीधुरा र नरबुङ चियाबारीमा चुनावी सभा 

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको सिपाहीधुरा र नरबुङ चियाबारीमा विनय-अनितपन्थीको चुनावी सभा र बुथ स्तरीय कमिटी गठन गरियो। गोजमुमो तीनधारे-महानदी समष्टिको चुनाउ कमिटीको आयोजनामा समष्टिको विभिन्न क्षेत्रहरूमा बुथ स्तरीय चुनाउ कमिटी गठन गर्नलाई कार्य थालिएको छ। यसै क्रममा आज समष्टिको सिपाहीधुरामा पहिलो सभा सम्पन्न भयो। उक्त सभा डीटीडीपीएलयु-को जोनल कमिटीका सचिव मनोज प्रधानको अध्यक्षतामा र सजित राईको सञ्चालनमा सम्पन्न भयो। सभामा स्वागत सम्भाषण राजीव राईले गरेका थिए भने सभामा गोजमुमो खरसाङ महकुमा समष्टिका सांगठनिक सचिव एवम् तीनधारे-महानदी समष्टिको चुनाउ कमिटीका चिफ को-अर्डिनेटर राजीव थापा, तीनधारे-महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, समष्टिका सांगठनिक सचिव उत्तम छेत्री, डीटीडीपीएलयु-का जोनल सभापति गणु छेत्री आदिले वक्तव्य राखे। उक्त सभामा सिपाहीधुरामा बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो। उक्त कमिटीमा को-अर्डिनेटर प्रशान्त थापा, सह को-अर्डिनेटरहरूमा नसीब राई, निर्मल प्रधान, असीत प्रधान, अनुप प्रधान, अनिला प्रधान, कुन्दन गजमेर, सौरभ प्रधान र प्रज्ज्वल प्रधान आदिलाई चयन गरियो।


यसैगरी, आज नै अर्को सभा नरबुङ चियीबारीमा विकास गुरुङको अध्यक्षता र रोशन सुब्बाको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा तीनधारे-महानदी समष्टिको चुनाउ कमिटीको चिफ को-अर्डिनेटर राजीव थापा, समष्टि सचिव सञ्जीव लामा, डीटीडीपीएलयु-का जोनल सभापति गणु छेत्री, भूतपूर्व सैनिक संगठनका सचिव कृष्ण प्रधान आदिले वक्तव्य दिए। सभामा नरबुङ चियाबारीलाई लिएर बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो जसमा को-अर्डिनेटर प्रकाश थापा, सह को-अर्डिनेटर मातृका देवान, कपिल सुब्बा, बिनोद थापा र मिडिया सेल प्रमुख अमीर प्रधानलाई चयन गरियो। समष्टिको दुवै क्षेत्रमा चुनावी सभा र बुथ स्तरीय कमिटी गठन भएपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो तीनधारे-महानदी समष्टिका कार्यकारी सभापति सीबी राईले गोजमुमो तीनधारे-महानदी समष्टिको चुनाउ कमिटीको आयोजनामा समष्टिको विभिन्न बुथहरूमा गएर बुथ स्तरीय चुनावी सभा र कमिटी गठन गर्नलाई आज समष्टिको सिपाहीधुरा र नरबुङमा सभा गरिएको बताए। तिनले यसपाली गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको कुशल नेतृत्त्व र विकासका कार्यहरू पहाड़मा प्रशस्त रूपमा भइरहेकोले आफूहरू विपुल मतले विजयी हुने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *