खरसाङ : गोर्खा जनमुक्ति मोर्चा टुङ सन्त मेरिज समष्टि साङ्गठनिक सचिव फुर्बा तामाङको नेतृत्वमा मार्गरेट्सहोप चिया बगान, नेहुर बालासन चिया बगानको सातवटा बुथ कमिटी साथै प्यारेन्सबडी, युवा मोर्चा,नारी मोर्चा, श्रमिक सङ्गठनलाई लिएर नवनिर्वाचित कार्यकारी अध्यक्ष अनित थापा साथै खरसाङ महकुमा समिति अध्यक्ष अनोश थापासँग भेट गरेर बधाई साथै शुभकामना प्रकट गरेका छन्। यत्तिका दिनहरूसम्म गोराबारी मार्गरेट्सहोप, नेहुर बालासन क्षेत्रका पार्टीप्रेमी अनित थापाको पक्षमा थियो भने अझै पनि आउने दिनमा अनित थापाको पक्षमा रहने भेटघाटमा बताइयो भनी फूर्बा तामाङले जानकारी दिएका छन्।
