खरसाङ वार्ड नम्बर 10 -मा बिमलपन्थी गोजमुमोको कमिटी गठन

खरसाङ: खरसाङको वार्ड नम्बर 10 -मा बिमलपन्थी गोजमुमोको कमिटी गठन गरियो। उक्त कमिटीको गठनको लागि आज वार्ड नम्बर 10-का पूर्व पार्षद आशिष छेत्रीको अध्यक्षता र टाउन कमिटीका सचिव विकास तिरुवाको सञ्चालनमा बिमलपन्थीको एउटा सभा सम्पन्न भयो। उक्त सभालाई गजमुमो खरसाङ महकुमा समितिका प्रवक्ता दिपेन देवान, खरसाङ टाउन कमिटिका सभापति सोनाम लामा, आशिष तामाङले सम्बोधन गरेका थिए। उक्त सभामा वार्ड नम्बर 10-बाट पार्टी अध्यक्ष बिमल गुरुङलाई समर्थन गर्दै स्वागत गर्ने निर्णय गरिएको छ। बिमलपन्थी गोजमुमो वार्ड नम्बर 10-मा कमिटी गठन गरियो भने उक्त कमिटीमा सभापति आशिष तामाङ, उप सभापति बिनय बसेल, सचिव दिपु तामाङ, सह सचिव वाङचुक डुक्पा, कोषाध्यक्ष प्रशान्त थापा, सह कोषाध्यक्ष निमेस रावत, सल्लाहकार सन्तोष राई, शरण मङ्ग्राती, फुर्बा योल्मो र छेवाङ यल्मो आदिलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *