एलबी राईद्वारा मङपु लाब्दा समष्टिको परिभ्रमण

मङपु : हिल टीएमसी अध्यक्ष एलबी राई लगायत अन्यले आज मङपु लाब्दा समष्टिको परिभ्रमण गरे। अध्यक्ष राई सिटोङ लाटपन्चर समष्टि भ्रमण गरेपछि आज मङपु आइपुगेका छन्। आज बिहानै तिनले यहाँको लाब्दा विभाग दोङग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बा अनि नाली डाँडास्थित डिन्छेन शेरप छोयलिङ गुम्बा पुगेर पुजा अर्चाना गरेपछि मङपु सिन्कोना बगान अस्पतालको परिभ्रमण गरे। तिनी आज मङपुमा बसेर मङपुको विभिन्न ठाउँको परिभ्रमण गर्ने साथै सम्भवत भोलि सिन्कोना बगानको विविध समस्यालाई लिएर बगान निर्देशकसित भेट गर्ने तिनले बताए।


पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले जनसम्पर्क  अभियान अन्तर्गत मानिसहरूसमक्ष सरकारद्वारा दिइएको साहुलियतहरू पुगेको  छ वा छैन साथै सरकारद्वारा द्वारे सरकार कार्यक्रम अन्तर्गत दिएको साहुलियतहरु प्राप्त भएको छ वा छैन भन्नेबारे जानकारी लिएको बताए। यसको साथै साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर समष्टिभरि भ्रमण गर्ने क्रममा आज मङपु आइपुगेको तिनले बताए। यस अवसरमा मङपुबाट  टीएमसी नेता किरण ब्लोन, रेजिना गुरुङ, रन्जु कार्की, सन्जय थापा, बीएस राई, नबिन मिश्र, बिशाल राई, गजेन्द्र गुरुङ, दिब्य गुरुङ, सन्जोक राई लगायत पार्टीका अन्य शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *