दार्जिलिङ (निसं): क्रामाकपा केन्द्रीय कमिटीको महत्वपूर्ण सभा आज पार्टी केन्द्रीय अध्यक्ष कम. जेबी राईको अध्यक्षतामा सम्पन्न गरियो। यस अवसरमा पार्टीको वरिष्ठ नेता तथा परामर्श समितिका अध्यक्ष आरबी राई साथै अन्य सम्पूर्ण केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा आगामी लोकसभा चुनावमा क्रामाकपा पार्टीको अडान के कस्तो हुन्छ भन्ने बारे व्यापक रुपमा चर्चा गरियो। उक्त सभामा गत 2019 को लोकसभा चुनावमा पार्टीले अलग राज्य गोर्खाल्याण्डको निम्ति केन्द्र सरकारले स्थायी राजनीतिक समाधान गरेको वाचा अनुरुप आफ्नो संकल्प पत्रमा उल्लेखित गरेको हुँदा सरकारको अवधिभरि अहिलेसम्म अलग राज्य गोर्खाल्याण्डको निम्ति के-कति काम गऱ्यो भन्ने विषयमा पनि सभामा पार्टीले गहनतापूर्वक समिक्षा गऱ्यो। भाजपालाई गोर्खाहरूले लगातार 15 वर्षदेखि सहयोग गर्दै आए तापनि गोर्खाहरूको दीर्घकालिन मागमाथि फैसला नहुनु दुर्भाग्य हो भन्ने कुरा पनि सभामा उठेको बताइएको छ। वर्तमान समयमा पहाडमा पश्चिम बङ्गाल सरकारको चरम दमन उत्पीडन र षडयन्त्र बारेमा पनि चर्चा-परिचर्चा गरियो। यसको साथै हाम्रा यहाँका प्रमुख विपक्षी उम्मेदवारको उम्मेदवारिता लगायत लोकसभा चुनावमा पार्टीले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने भन्ने बारेमा पनि विस्तारित रुपमा चर्चा गरिएपछि आगामी दिनमा क्रामाकपा-ले के कस्तो भूमिका लिनुपर्ने भन्ने अडान स्पष्ट गर्दै आगामी लोकसभाको चुनावमा पार्टीले आफ्नो उम्मेदवारिता खडा नगर्ने साथै आउने दिनमा तृणमूल कांग्रेस प्रार्थी जसले आफ्नो उम्मेदवारिता लिनु लगत्तै मेरो कुनै मुद्दा छैन शान्ति र विकास भए मुद्दा आफै हराएर जानेछ भन्ने वक्तव्य दिएर गोर्खा भावना र जनाकांक्षा विरूद्ध जुन बयान जारी गरेका छन्, जसले अलग राज्यको आकांक्षामा लामो समयदेखि संघर्ष गरिरहेका अनि शहिदहरूको बलिदानलाई तिरस्कार गरिएको महसुस गर्दै तृणमूल काङ्ग्रेस प्रार्थीलाई यो चुनावमा कुनै पनि अवस्थामा परास्त गर्नुपर्ने बारेमा पनि आजको सभामा गहन चर्चा गरियो।
आफुहरूको गठबन्धनमा रहेको प्रमुख दल जसले आजसम्म कुनै उम्मेदवार पनि चयन गर्न नसकिरहेको स्थितिमा साथै यस चुनावको बीचमा पार्टीले अलग राज्य आकांक्षित दलहरूसँग चर्चा गरेर लोकसभाको चुनावबारे एउटा सामूहिक निर्णय बनाउनको निम्ति कम. नर्बु लामा महासचिव क्रामाकपा केन्द्रीय कमिटीको अगुवाइमा 9 सदस्य एउटा चुनाउ कमिटी गठन गरिएको छ। उक्त कमिटीले सम्पूर्ण विकल्पहरू माथि चर्चा गरिने अनि आगामी चुनावमा कसरी अनि कसलाई हामीले साझा उम्मेदवार उठाउनुपर्ने भन्ने बारे पहाडका गोर्खाल्यान्ड पन्थी दलहरूसित चर्चा गरेर निर्णय गर्ने आजको सभाले प्रस्ताव ग्रहण गरेको बताइएको छ। यसैगरी, चाँडै सबैसँग परामर्श गरेर एउटा सामूहिक अनि अलग राज्य गोर्खाल्यान्डको निम्ति एउटा इमान्दार रुपमा काम गर्ने उम्मेदवारको बारेमा अथवा यो चुनावमा खडा गरिएको प्रार्थीलाई कसरी जिताउन सकिन्छ भन्ने कौशल तयार गर्न सबैसित परामर्श गरिनेछ भन्ने प्रस्ताव आजको सभाले ग्रहण गरेको बताइएको छ।
लोकसभा चुनाउ अनि प्रार्थीबारे क्रामाकपा केन्द्रीय कमिटीको सभा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
