मङ्पुमा अरूणा लामाको ७५औँ जन्म जयन्ती पालन

मङ्गपु : स्वर सम्राज्ञी अरूणा लामाको ७५औँ जन्म जयन्तीको अवसरमा मङ्गपुको शरण उद्यानमा एउटा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेर तिनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो। अरूणा लामा सालिग निर्माण समिति र मङ्गपु सांगीतिक कला एकाईको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।


उक्त श्रद्धाञ्जलि कार्यक्रमको अध्यक्षता राजेन आलेले गरेका थिए भने मङ्गपुका जेष्ठ नागरिक डीएस लोहारको बाहुलीबाट दीप प्रज्ज्वलन गरियो। कवि अनित खातीले अरूणा लामाको जीवनीमाथि वक्तब्य राखे भने दिलीप शर्माले धन्यवाद ज्ञापन गरे। यस अवसरमा स्थानीय कवि, कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।


One thought on “मङ्पुमा अरूणा लामाको ७५औँ जन्म जयन्ती पालन

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.