मङपु : सिक्किम मणिपाल अस्पताल, कञ्चनजङ्घा ट्रस्ट अनि रिचिङ आउट फाउन्डेसनको संयुक्त आयोजनामा मङपुमा आज नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा 630 जना बिरामीले स्वास्थ्य जाँच गराए भने तीमध्ये 80 जना बिरामीहरूलाई नि:शुल्क अप्रेसन गराउनको निम्ति मणिपाल अस्पतालमा पठाउने भएको छ। गोजामुमो मङपु-लाब्दा समष्टिको आयोजना सम्पन्न उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा मोर्चा अध्यक्ष बिमल गुरुङ स्वयम् उपस्थित थिए।
यस अवसरमा तिनले भने, हाम्रो मानिसहरू बाहिर गएर आफ्नो स्वास्थ्य जाँच गर्न नसक्ने भएकोले गर्दा गाउँ-गाउँमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेर नि:शुल्क अप्रेसन गर्ने प्रावधान गरिएको हो। रिचिङ आउट फाउन्डेसनका प्रमुख बासु राईले हालसम्म मोठ 10 वटा शिविरको आयोजना गरिसकेको छ भने सिक्किम मणिपालमा 500 भन्दा अधिक बिरामीहरूको नि:शुल्क अप्रेसन गरिसकेको छ।