दार्जिलिङ: हाम्रो जमीन हाम्रो अधिकार। पहाडमा सयौं वर्षदेखि बसेका हजारौं वासिन्दाहरू आज पनि आफ्नो अधिकारदेखि वञ्चित छन्। उहाँहरुलाई अधिकार दिलाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अभियान नै सुरु गरेको छ। हाम्रो अभियान कै कारण हामीले हिजो मात्र आलुबारीमा 135 परिवारलाई जमीनको मालीकना हक दिलायौ भनी जीटीएका प्रमुख कार्यपाल तथा भागोप्रमो अध्यक्ष अनित थापाले बताएका छन्। तिनले अझ बताए अनुसार, हिजो साँझ यही जमीन अधिकार विषय जिल्लाका अधिकारीहरूसँग बैठक बसेको थिए। मैले प्रण नै लिएको छु जबसम्म मेरो मानिसले जमीनको पूर्ण अधिकार पाउँदैन तबसम्म मेरो राजनीति अधुरो रहनेछ। मेरो राजनैतिक उद्देश्य जमीनको अधिकार दिलाउनु रहेको छ।