एमईएस-मा नोकरी लगाइदिने प्रलोभन देखाएर ठग्ने दुईजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधाननगर थाना इलाकामा विगत 2018-मा मिलिटेरी इञ्जिनियर सर्भिस (एमईएस)-मा काम लगाई दिने प्रलोभन देखाएर धेरैजना मानिसहरूबाट दुईजना युवकले लाखौँ रुपियाँ ठगेको आरोप रहेको छ। यसपछि पीडित मानिसहरूले ती दुईजना युवकविरुद्ध प्रधान नगर थानामा अभियोग दर्ता गरेको आधारमा पुलिसले जाँच शुरू गरेको थियो। यसपछि उक्त घटनाको जाँच प्रक्रियाको भार सीआईडी विभागलाई सुम्पिएको थियो। उक्त जाँचमा जुटेको सीआईडीले एकजना युवकलाई पक्राउ गरेपछि तिनीसँग केरकार गरेपछि गत 10 फरवरीको दिन पूर्व मेदिनीपुर जिल्लाको कन्टाई वासिन्दा रतन जानालाई पक्राउ गर्यो। सीआईडी सूत्रले दिएको जानकारीअनुसार आरोपीहरूलाई अदालतमा पेश गरेपछि 11 दिनको पुलिस हिरासतमा लिएर उक्त घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले तिनीहरूसँग सोधखोज गरिरहेको छ। सोधखोज अवधि ती आरोपीहरूले एमईएसमा नोकरी लगाई दिने प्रलोभन देखाएर प्रत्येक युवकबाट 2-3 लाख रुपियाँ गरेर धेरैजनाबाट रुपियाँ लिएको कुरो स्वीकार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom