मीमलाल सापकोटालाई समाज रत्न पुरस्कारद्वारा सम्मान गरिने

सिलगढी : खरसाङको एउटा सामाजिक-साहित्यिक संस्थान विष्णुमाया शर्मा फाउण्डेशनको समाज रत्न पुरस्कार-ले सिलगढी निवासी भाषा सङ्ग्रामी समाजसेवी एवम् गोर्खा जातिका एकजना सशक्त व्यक्तित्व मीमलाल सापकोटालाई सम्मानित गरिने भएको छ। आगामी 1 मार्चको दिन सिलगढीको देवकोटा सङ्घ भवनको प्रेक्षागृहमा एउटा कार्यक्रमबीच तिनलाई अङ्ग वस्त्र, स्मृति चिन्हलगायत 21 हजार रुपियाँ नगद राशि प्रदान गरेर सम्मानित गरिने भएको छ। अभिनन्दन समारोह समिति, मध्यमार्ग प्रकाशन संस्थान लगायत विष्णुमाया फाउन्डेशनको तर्फबाट दार्जिलिङ, डुवर्स र सिक्किमका साहित्यकार, समाजसेवीहरूलाई उक्त समारोहमा उपस्थित भइदिने फाउन्डेशनका अध्यक्ष चन्द्र शर्माले प्रेस विज्ञप्तिमार्फत् अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom