मिरिक गोरामुमो सह-सचिव गोजमुमो विनय खेमामा सामेल

सिलगढी : गोरामुमो मिरिक महकुमाका सह-सचिव तथा प्रवक्ता गोजमुमो विनय खेमामा आज सामेल भए। प्राप्त जानकारीअनुसार गोरामुमो मिरिकका सह-सचिव तथा प्रवक्ता अलोक गुरूङले आफ्नो दल त्यागेर गोजमुमो महासचिव अनितको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरे। सिलगढीको पिन्टल भिलेजमा जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापालाई भेटेपछि गोजमुमो विनय खेमामा नेताहरू नौराज छेत्री, मिलेश राई आदिको उपस्थितिमा आलोक गुरूङले आफ्नो दल त्यागेर गोजमुमो विनय खेमालाई समर्थन जनाउँदै पार्टीको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *