मिरिकको छोटाटिङलिङमा 30 परिवार हिल तृणमूलमा सामेल

मिरिक : मिरिक महकुमाको छोटाटिङलिङका 30 परिवार आज हिल तृणमूल कांग्रेसमा सामेल भएका छन्। ती सामेलकारीहरूलाई हिल तृणमूल कांग्रेसका मिडिया प्रभारी सन्दीप प्रधान, सौरेनी ग्राम पञ्चायत समिति एक-का अध्यक्ष रचित थापा, सचिव प्रणाम तामाङ, सदस्य बीएम सुब्बा, सुरज गिरी, साङ्गे तामाङ आदिले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यसको साथै हिल तृणमूल कांग्रेस छोटाटिङलिङ शाखा समिति पनि गठन गरियो। उक्त समितिमा अध्यक्ष अर्पण थापा, उपाध्यक्ष सेवन खवास, सचिव रोहित घले, सह-सचिव सचिन खवास र कोषाध्यक्ष सुजन खवासलाई चयन गरियो भने मुख्य सल्लाहकारको पदमा अम्बरबहादुर लेप्चा, दिपेन भुजेल, सलिम भुजेल, अनुप गुरूङ साथै अन्यलाई कार्यकारी सदस्यहरूको रूपमा चयन गरेको छ। यस अवसरमा पार्टीका मिडिया प्रभारी सन्दीप प्रधानले पहाडमा अब भावनाको राजनीति होइन यथार्थको राजनीतिक संस्कार मानिसहरूले बुझिसकेका छन् यसैले मानिसहरू ममता ब्यनर्जीको विकास र शान्तिको सिद्धान्तलाई स्वीकार गर्दै अघि आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *