सिलगढी : आई लभ मिरिक, गोर्खा च्यारिटेबल हस्पिटल, हिमालयन वेल्फेयर अर्गनाइजेसन, मुखर्जी हस्पिटल सिलगढी, रोटरी ब्लड ब्याङ्क सिलगढी, ग्रेटर लायन्स हस्पिटल सिलगढीको संयुक्त तत्वावधानमा आगामी 30 अप्रेल आइतबारको दिन कृष्णनगर क्लब मिरिकमा रक्तदान सहित स्वास्थ्य जाँच शिविरको आयोजना गरिने भएको छ। उक्त शिविरमा चिकित्सकहरूद्वारा आँखाको जाँच, फिजिसियन, डेन्टल चेकअप अनि नि:शुल्क ब्लड ग्रुप, ब्लड सुगर टेस्ट आदि पनि गरिने छ। उक्त मेघा हेल्थ चेकअप क्याम्पको मिरिक वरिपरीका सबै महानुभावलाई लाभ उठाइदिने आग्रह गर्दै रक्तदान पनि गरिदिने गोर्खा च्यारिटेबल हस्पिटलको पक्षबाट सुरेन प्रधानले अपिल गरेका छन्। तिनले दिएको जानकारी अनुसार सिलगढीमा रगतको हा-हाकार भएको हुनाले आई लभ मिरिकले यो पहल शुरु गरेको हो। यस भन्दा अघि पनि आई लभ मिरिकले रक्तदान शिविरको आयोजना गर्नको साथै आशिस तामाङको अगुवाईमा मिरिकका धेरैजना बिरामीलाई सिलगढीमा रगतको ब्यवस्था लगायत डाक्टर देखाइदिने काम निरन्तर रूपमा भइरहेको सुरेन प्रधानले जानकारी दिएका छन्।