मुख्यमन्त्रीको सुरक्षा कवज योजना अन्तर्गत तृणमूल कार्यकर्ताहरू जनताको घर-घरमा जाने छन्: एलबी राई

मिरिक (निसं): पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले शुरू गरेको सुरक्षा कवज योजनाबारे आज तृणमूल कङ्ग्रेसले मिरिकमा एउटा प्रेस भेलाको आयोजना गरेर विस्तृत रूपमा जानकारी गराएको छ। हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई, खरसाङ खण्ड अध्यक्ष सम्रित छेत्री, मिरिक खण्ड अध्यक्ष अनिल छेत्री, युवा मिरिक महकुमा अध्यक्ष सोबन घिसिङ, युवा टाउन संयोजक विकास सुब्बा आदिको प्रमुख उपस्थितिमा पत्रकारहरूलाई सम्बोधन गर्दै हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई र खरसाङ खण्ड अध्यक्ष सम्रित छेत्रीले पश्चिम बंगाल राज्यमा तृणमूल कङ्ग्रेसले 2011 सालमा सरकार गठन गरेपछि जनताको हितमा धेरै योजना शुरू गरेको जानकारी गराउँदै यसको लाभ आम नागरिकहरूले उठाइ रहेको बताए। तिनीहरूले बताए अनुसार दैलोमा सरकार योजनाको अपार सफलतापछि जनताको लागि नजिक रहेर काम गर्ने उद्देश्यले गत 2 जनवरीदेखि मुख्यमन्त्री ममता बयानर्जी अनि तृणमूल कङ्ग्रेस राष्ट्रिय सचिव अभिषेक ब्यनार्जीले नजरुल मञ्चबाट दिदीको सुरक्षा कवच अभियान लागू भएको घोषणा गरेको अनि यो अभियानले पश्चिम बंगालको सबै घर-परिवारलाई 15 वटा सरकारी योजनाबाट जीवन भर सुरक्षा दिनेछ भनि बताएका छन् । यो 15 वटा सरकारी योजना 6 वटा क्षेत्रमा लागू हुने जानकारी दिँदै तिनीहरूले बताए अनुसार 15 मध्ये सरकारी योजनाहरू खाद्य साथी, आवास योजना, आफ्नो घर आफ्नो भूमि, स्वस्थ्य साथी कन्याश्री, स्टुडेन्ट क्रेडिट कार्ड, लक्ष्मी भण्डार, कृषक बन्धु सामाजिक सुरक्षा योजना, मानविक पेन्सन, जय बंगला पेन्सन, विधवा भत्ता, युवाश्री रहेको छ। कुनै पनि राजनीतिक दलले यस देशमा यस्तो ठुलो योजना नागरिकको हितमा नचलाएको दावी गर्नको साथै यो योजनाहरुको मूल उदेश्य पश्चिम बंगालको प्रत्येक घर परिवारलाई सुरक्षा दिनु रहेको तिनीहरूले बताए। तिनीहरूले भने, यस योजनामा कुनै धर्म, जाति, उमेर आदिमा भेदभाव हुने छैन। राज्यको प्रत्येक नागरिकले यो सुविधा पाउनेछ। योजना अनुसार एउटा बलियो प्रणाली तयार गरिनेछ जसको कारण बंगालको प्रत्येक घर परिवारले यी योजनाहरुको लाभ उठाउने छन् भन्दै यो अभियान 60 दिनसम्म चल्नेछ, जसमा 3343 ग्राम पञ्चायत अनि 125 नगरपालिका क्षेत्र सामेल हुनेछ जानकारी गराए। प्राय: 320 तृणमूल नेताहरु लगायत विधायक, सांसद, जिल्लाको अध्यक्ष, परिषदका अधिकारीले एकदिन सर्वेक्षण गर्नेछन्। तिनीहरूको भनाई अनुसार 60 दिनको यो अभियान 30 दिनमा समाप्त गर्ने लक्ष्य राखेको छ भने योजनाबारे आम जनतालाई प्रशिक्षण साथै जानकारी गराउन समीर तामाङ र नवीन लिम्बूलाई संयोजक चयन गरेको बताए। पार्टीको कार्यकर्ता,मुख्यमन्त्रीका प्रतिनिधिहरू प्रत्येक घरमा जानेछन् अनि तिनीहरूको समस्या प्रतिक्रियाहरु मोबाइल एपमार्फत नोट गरिने भएको छ। यसको साथै यो योजनाबारे जानकारी गराउन प्रतिनिधिद्वारा मुख्यमन्त्रीको पत्र क्यालेन्डर, स्टीकर आदि पनि वितरण गरिनेछ। पार्टीको सबै कार्यकर्ताहरुलाई जनसाधारणसित राम्रो व्यवहार गरेर यस योजनाबारे सहायता गर्ने तिनीहरूले आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet giriş